नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई एक लाख धनराशिकाे पुरस्कारले सम्मान गरिने भएको छ । काइँलालाई यो वर्षको राष्ट्रिय मातृभाषा सेवा पुरस्कार प्रदान गरिने भएको हो ।

सरकार मातहतको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२ को सन्दर्भमा काइँलालाई उक्त पुरस्कारले सम्मान गर्न लागेकाे हाे ।

मातृभाषा, साहित्य, संस्कृतिमा योगदान गर्दै आएका व्यक्तित्वलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ । यो पुरस्कार उनीअघि संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो । प्रतिष्ठानले प्रा.डा. चुन्दा वज्राचार्यको संयोजकत्वको छनोट समितिको सिफारिसका आधारमा निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।