लेखक अखण्ड भण्डारीको उपन्यास ‘ बोरा’लाई एक हजार अमेरिकी डलर राशिको ‘ अनेसास नारायण पाण्डे सर्वोत्कृष्ट उपन्यास पुरस्कार’ प्रदान गरिनेभएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले २०२५ का लागि विभिन्न विधामा प्रदान गरिने अनेसास साहित्य पुरस्कारमध्ये ‘ अनेसास नारायण पाण्डे सर्वोत्कृष्ट उपन्यास पुरस्कार’ भण्डारीको ‘बोरा’लाई प्रदान गर्ने घोषणा गरेको हो ।
अनेसासको वार्षिक साधारण सभा, भानु जयन्ती र अनेसास सर्वोत्कृष्ट पुरस्कार घोषणा गरी तीन चरणको भएको कार्यक्रम अनेसास केन्द्रको अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा भएको थियो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 








