नेदरल्याण्ड । विश्व भुटानी साहित्यिक संगठन (वि.भू.सा.सं.) मार्फत छैठौँ अन्तर्राष्ट्रिय साहित्यिक अनुष्ठान सफलतापूर्वक हेगमा सम्पन्न भएको छ। त्रिदिनसम्म चलेको यस महत्त्वपूर्ण कार्यक्रममा नेपाली भाषा, साहित्य तथा संस्कृतिको ग्लोबल प्रवर्द्धनमा महत्त्वपूर्ण छलफल, रचना वाचन, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम भएको थियो ।
प्रथम दिन (१३ जून)
डेटफ्ट विश्वविद्यालयको डूड्कामर हलमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। नेपाली राजदूत सेवा लम्साल प्रमुख अतिथि हुनुहुन्थ्याे। आगन्तुक साहित्यकारहरूसँग सम्मानप्रदान तथा रचना वाचन सम्पन्न भएकाे थियाे ।
दोस्रो दिन (१४ जून)
हेगस्थित सांस्कृतिक सभाहलमा प्रमुख अतिथि राजदूत लम्सालले बत्ती बालेर कार्यक्रम औपचारिक रूपमा सुरु गर्नुभएको थियो। कार्यक्रममा अनेसास पोल्याण्डका संरक्षक मित्रलाल पार्दे, संगीत प्रशिक्षक बिरमान श्रेष्ठ, र्द्ध्वनि थेरापिस्ट सरिता हुमागाईं सहितका व्यक्तित्वको समिक्षा सत्र भयो। सांगीतिक प्रस्तुति तथा सहभागिहरूको गहन रचनासँग कार्यक्रम सम्पन्न भयाे ।
पाँचौँ सत्रमा साहित्यकार बैरागी काइला लाई ‘सिद्धि पुरस्कार’ (६ लाख) प्रदान गरिएको घोषणा गरिएकाे थियाे। अन्य विमोचित पुस्तकहरू — गोपाल पौडेल, लट्टे र अन्यका कृतिहरू पनि राजदूत सेवा लम्साल, पंचम अधिकारी र कर्ण गुरुङबाट विमोचित भएकाे छ ।
छैठौँ साहित्यिक अनुष्ठान को अन्त्य सत्रमा प्रिय थकुरु नेतृत्व मा पातलो अन्तरे नेतृत्वमा नयाँ चौध सदस्यीय संचालन समिति चयन भएको छ। यसमा उपाध्यक्ष गोपाल पौडेल, महासचिव सिसन माझी, सचिव लक्की राशी, कोषाध्यक्ष शेखर कोइराला लगायतका साहित्यिक व्यक्तित्वहरू रहनुभएकाे छ ।
तेस्रो दिन
साइकल यात्रासहित ‘प्रचार एवम् स्यान्सस एन्ड पिस अभियान’ आयोजना गरिएकाे थियाे । भाषिक संरक्षण, पूर्वीय दर्शनको पुनरुथान र सांस्कृतिक चेतनाको जागरण यस अनुष्ठानका मूल उद्देश्यका रूपमा प्रस्तुत गरिएकाे थियाे ।
दर्शकहरूले यो अनुष्ठानलाई “विभिन्न सांस्कृतिक र भाषिक पहिचानहरू एकसाथ चम्काउने अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव” को रूपमा वर्णन गर्नुभएकाे छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
१४ असार २०८३, आईतवार 









