काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित होटल रामदामा एक समारोहबीच ‘लाहुरेको रेलीमाई’ उपन्यासका सर्जक विजय हितानलाई प्रतिष्ठित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा कवि वैरागी काइँलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पुरस्कार छनोट समितिका संयोजक कवि हिक्मत थापा सभापति रहनुभएकाे थियाे ।
कार्यक्रममा नेपाली सेनाका पूर्व जर्नेल तथा संरक्षणकर्मी, ‘जर्नेल देखि रेन्जरसम्म’ र ‘स्वर्गको सेवा’ का लेखक बाबुकृष्ण कार्कीले पुरस्कृत कृति र कृतिका सर्जकबारे प्रकाश पार्नुभएकाे थियाे। विशेष अतिथिका रूपमा आख्यानकार नयनराज पाण्डेले पुरस्कृत प्रतिभाप्रति शुभकामना व्यक्त गर्नुभएकाे थियाे भने कार्यक्रमको सञ्चालन प्रसिद्ध मुक्तककार तथा रेडियोकर्मी रमेश पौडेलले गर्नुभएकाे थियाे।
गैरआवासीय नेपाली सङ्घद्वारा प्रदान गरिने यस पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ। समारोहमा नियात्राकार प्रतीक ढकाल, गीतकार मुकुन्द पौडेल, नियात्राकार भवानी खतिवडा, कवि प्रज्वल अधिकारी लगायतका साहित्यकारहरू र अन्य गणमान्य व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि कविवर वैरागी काइँलाले सारगर्भित मन्तव्य राख्नुभएकाे थियाे।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
१० औँ वातावरण साहित्य गोष्ठी सम्पन्नः भवानीको ‘प्रलयको आँधीबेहरी’ बन्यो प्रथम पर्या निबन्ध
२८ मंसिर २०८२, आईतवार 








