काठमाडौं । ‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन भएको छ ।
गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उहाँको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो ।
गौतमले लेख्नुभएको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ । अंग्रेजी भाषालाई पृष्ठभूमि बनाउनुभएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गर्नुभएको थियो ।
गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गर्नुभएको थियो । त्यसअघि गौतमले ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोश’ पनि सार्वजनिक गर्नुभएको थियो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१५ असार २०८३, सोमबार 







