
लेखक रमेश सायनले विद्यार्थीहरूलाई लेखन अनुभव सुनाउनु भएको छ ।
अध्ययन मञ्च दाङले नेपाल प्रहरी स्कुल दाङमा आयोजना गरेको एक कार्यक्रममा लेखक रमेश सायनले आफ्ना लेखन अनुभव सुनाउनु भएको हो ।
सोमबार मञ्चले नेपाल प्रहरी स्कुल कक्षा दसका विद्यार्थीमाझ लेखक सायनलाई उभ्याएको थियो ।
”तपाईहरु माझ आफ्ना अनुभुति राख्दै गर्दा मैले आफ्नो स्कुले जीवन सम्झिरहेको छु । म सामान्य विद्यार्थी थिएँ तर साहित्य प्रति रुचि स्कुल पढ्दा नै थियो ।” उहाँले थप्नुभयो -”किताबहरु पढ्दा तपाईहरु कहिल्यै नपुगेको स्थान पुग्नुहुनेछ । अतिरिक्त किताबको अध्ययनले कल्पना गर्ने शक्तिको विकास पनि गराउँछ ।”
लेखक सायनका अनुभुति सुनेपछी विद्यार्थीहरुले विभिन्न जिज्ञासा राखेका थिए भने लेखकले जवाफ पनि दिनुभएको थियो ।
‘छुटेका अनुहार’ निवन्धसङ्ग्रहका लागि पद्मश्री पुरस्कार विजेता सायनका ‘अन्तर’ र ‘भागेर भुगोलभरि’ गरी तीन पुस्तक प्रकाशित छन् ।
अध्ययन मञ्चका संयोजक सूर्य बिसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा थम्मन बस्नेत, प्रहरी स्कुलका प्रधानाध्यापक नुमलाल पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन महेश बस्नेतले गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

