पत्रिकामा कविता छापिनुअघि मेरो अन्तर्वाता छापियो ।

त्यस दिन झ्यालको पर्दा उठाएँ । दैलो खुल्ला राखेँ । चिनेका कोही आइहाल्छन् कि भनेर निकै आस गरेँ । तर कोठा वरपर कोही आएनन् । दिनभर हातमा पत्रिका बोकेर यताउता गरिरहेँ ।

छिमेकी डेरावाल थिएनन् । घरबेटीले माथिल्लो तलाको दैलो खोलेनन् । अन्तर्वार्ता कसैलाई देखाउँन पाइनँ ।

तर पचासपल्ट भन्दा धेरै आफैँले पढेँ । कयौँपल्ट ऐना हेरेँ । वाथरूममा गर्ने एक नियमित कर्म हापेँ र ‘ब्रह्मचारी ‘ स्नान मात्र गरेँ । त्यस दिन अबेर भात पकाएँ तर दाल पकाइनँ । मनै नपर्ने स्कुसको तिउनमा झोल हालेँ ।

स्वाद कस्तो भयो ?

थाहा पाइनँ ।

मेरो फुर्ती यस्तो थियो कि जस्तै रोग, भोग र सोकलाई समेत झिनो मान्न सक्थ्यो । मान्छे खुसी हुँदा इन्द्रिय बोधा हुँदा रहेछन् । उग्र खुसी निकै अजाती हुँदो रहेछ । स्कुसको चानामा झोल हालेर समेत भात खान सकेँ । जुन सामान्य अवस्थामा कल्पनाबाहिरको नमीठो स्वाद हो ।

भोलिपल्ट सखारै पत्रिका च्यापेर काम गर्ने ठाउँ पुगेँ । त्यसबेलासम्म अफिस ब्वाइ पुगेको थिएन । निकैबेर पछि ऊ आयो । उसलाई सटर उठाउन सघाएँ । ऊभन्दा, म एक पोष्ट माथीको हुँ । मैले टेबल पुच्छनु पर्दैन थियो तर त्यस दिन टेबल पुच्छेँ । उसले भुइँ पुछ्यो । छिटो काम सकियो । उलाई मेरो अन्तर्वाता पढ्न दिएँ । मैले अंग्रेजी पढे जस्तो उसले अड्की अड्की मेरो अन्तर्वार्ता पढ्यो । अन्तिम प्रश्नतिर पुग्नै लाग्दा म्यानेजर आइपुग्यो । पत्रिका फ्यात्त भुइँमा फाल्यो । हतार हतार हात जोड्यो । सधैँ झैँ अफिस ब्वाइलाई म्यानेजरले नमस्कार फर्काएन।

म्यानेजर क्याविनमा छिर्न खोज्दै थियो, मैले नमस्कार गर्दै भनेँ, “सर, पत्रिकामा मेरो अनतर्वाता छापिएको छ ।”

एकाएक यत्रो हिम्मत कहाँबाट आयो ? सायद मान्छे प्रशस्त खुसी हुँदा हिम्मतको गति बतासको बेगमा बढ्छ क्यार ! बाहिर बतास छिटोछिटो चल्दै थियो ।

उनी घुम्ने कुर्सीमा थ्याच्च बसे । एक फन्को सर्रर घुमे । पत्रिका पल्टाए । अन्तिम पातोमा पुगेपछि मेरो मुखमा पुलुक्क हेरे ।

उनले मेरो नमस्कार फर्काएनन् । केही बोलेनन् । मेरो खुसीको लप्काले उनको अनुहार छुन सकेन । तर उनको देब्रे हातले मेरो दायाँ हातको पत्रिका तान्यो ।

पत्रिका बोकेर उनी क्याविन छिरे । म पनि उनको क्याविन छिरेँ । हाकिमको क्याविनमा विनाअनुमती पहिलोपल्ट छिरेको थिएँ । खुसीले मान्छेलाई अनुमति कुर्न नदिँदो रहेछ । उनी घुम्ने कुर्सीमा थ्याच्च बसे । एक फन्को सर्रर घुमे । पत्रिका पल्टाए । अन्तिम पातोमा पुगेपछि मेरो मुखमा पुलुक्क हेरे ।

“सर यहाँ छ मेरो अन्तर्वाता !”, एउटा कोलम देखाएँ ।

उनले फुत्त पत्रिका फाल्दै भने, “कति हुन्छन् हुन्छन् रमेश पोख्रेल, यो तिमी नै हौ भनेर कसरी थाहा पाउँने ? त्यसमाथि तिमी को हौ र ! पत्रिकामा इन्टरभ्यु छापिन्छ ? ख्यै फोटो ?”

बिजुलीको चिम फ्याट्ट फुटेर कोठा झ्याप्प अँध्यारो भए जस्तो मेरो अनुहार निभ्यो ।

“बाहिर गएर आफ्नो काम गर ।”, हाकिमले आदेश दियो ।

हाक्किमलाई भन्न सकिनँ, “कुनै प्रमाण छैन । तर त्यो मान्छे मै हुँ ।”

तर म तपाईँलाई भन्नसक्छु, ‘कुनै प्रमाण छैन, तर त्यो मान्छे मै हुँ ।” जसको पत्रिकामा कविता छापिनुअघि अन्तरवर्ता छापियो । तपाईँ मेरो हाक्किम जस्तो डरलाग्दो हुनुहुन्न । तपाईँसँग म दोहोरो बात गर्नसक्छु । र, निकैबेरसम्म आफ्ना कुरा भन्नसक्छु ।

विराटनगरमा दर्शन दैनिक भन्ने पत्रिका निस्कन्थ्यो । (अहिले के छ ? थाहा छैन । ) शनिबारको अंकमा नव प्रतिभा (यस्तै केही ) भन्ने स्तम्भ थियो । जहाँ प्रतिभाको नाममा भर्खरै अन्डा बन्न थालेका कलिला केटाकेटीको अन्तर्वार्ता छापिन्थ्यो । जसले आफ्नो रूची भर्खरै पत्ता लगाएका हुन्थे । संघर्षको पूर्वसन्ध्यामा उभिएका हुन्थे ।

राजाबाट शासन फिर्ता ल्याउँन यसको कविताको पनि योगदान छ ।”, उनले सोडा हाने । म फुलिएँ । मोहनले पत्याए ।

म कविता लेख्थेँ । साथीभाइको बीचममा सुनाउँथेँ । साथीहरू मलाई कवि भन्थे । यसैबीच मेरो कविता सुन्ने एक हुल साथीहरू पत्रकार भए । उनीहरू दर्शन दैनिकमा पत्रकारिता अभ्यास गर्थे । एक दिन त्यस स्तम्भको लागि प्रतिभा खोज्दै रहेछन् । पत्रकार राम खरेलले मलाई च्यप्प समाते । उनी मेरा गाउँले हुन् । म कविता लेख्छु भन्ने उनलाई थाहा थियो । अर्का मित्र पत्रकार मोहन भट्टराईलाई राम खरेलले भने, “लु, रमेशको अन्तर्वाता छाप्नु पर्यो । यो खतरा कवि हो । जनआन्दोलनमा पनि कविता सुनाएको छ । राजाबाट शासन फिर्ता ल्याउँन यसको कविताको पनि योगदान छ ।”, उनले सोडा हाने । म फुलिएँ । मोहनले पत्याए ।

त्यसपछि मेरो अन्तर्वार्ता सुरू भयो । जीवनमै पहिलोपल्ट छापा अक्षरमा छापिदै थिएँ । त्यसको फुर्तीफार्ती सम्झिँदा समेत अहिले हुरूक्क हुन्छु । आफूलाई कत्रो ठूलो ठानेँ । अन्तर्वार्ता सकिएपछि जलजला हलनेर रहेको मःम हाउसमा तीन प्लेट भैँसीको मम खाएँ । आधा किलो कुखुराको मासु किनेँ । डेरा फर्किएँ । एउटा टाइगर बियर किनेँ । एक्लै पिएँ । आफैँले आफैँलाई पार्टी दिएँ ।

प्रश्न के के थियो ? सबै याद छैन । तर ‘कविता भनेको के हो ?’ भनेर सोधेको याद छ ।

त्यो कलिलो केटोलाई कस्तो भव्य प्रश्न ! के उत्तर दिनु ? त्यसबेला मेरो कुनै निजी विचार थिएन । (अहिले पनि छैन । तर अनुभवलाई सकेसम्म गहिरो अनुभूत गर्न खोज्छु ।) बुद्धि त झनै थिएन । (अहिले पनि छैन ।) कुनै कुरामा तर्क गर्न सक्दिन थिएँ । (अहिले पनि सक्दिनँ ) चार जना मानिसको अघि बोल्नु पर्दा खुट्टाले जीउ थेग्न सक्दैन थियो ।
नजानेको प्रश्नको उत्तर नदिँदा पनि हुन्छ भन्ने ज्ञान जिरो माइलमा स्थिर थियो ।

मैले उत्तर दिएँ, “कविता भनेको फुलको थुंगाले हिर्काउँदाको स्पर्श हो । आँखामा पट्टी बाँधेर हिँड्दा पैतला जहाँ जहाँ पुग्छ र जुन जुन ठाउँ महसुस गर्नसक्छ त्यो महसुस कविता हो । त्यो स्पर्श कविता हो ।’ यो भनाइ मेरो थिएन । वरिष्ठ कवि कृष्णभुषण बलको थियो । जुन मैले कपी पेष्ट हानेको हुँ । तर पत्रकार साथीहरूलाइ उत्तर भव्य भयो ।

उनीहरूले भने, ‘क्या गजब’ ।

साथीहरूसँग क्यामेरा थिएनन । मेरो फोटो खिच्न सकेनन् । मसँग फोटो मागेका थिए । फोटो खिचेर दिन सकिनँ । फोटोबिनै मेरो अन्तर्वार्ता छापियो । जुन म्यानेजरले पत्याएन ।

…….

म अटोमोबाइल्स कम्पनीका काम गर्थेँ । भर्खरै घटुवा भएको थियो (जुन ‘छुटेका अनुहार’मा लेखेको छु) । घटुवा भए पनि लाज पचाएर जागिर खान सक्ने थेत्तरोपना मसँग थियो । घटुवा भएकालाई सबैले हेप्छन् । (तपाईँले पनि हेप्नु हुन्छ । मनमनै आफैँसँग सत्य बोल्नूस् । तर तपाईँसँग हेप्न हुँदैन भन्ने चेतना सक्रिय भयो भने त्यसले केहीहदसम्म काम गर्ला तर अवचेतना कतिखेर ब्युँतिन्छ पत्तो हुन्न) । त्यसमाथि म्यानेजरको कुरा नगरौँ । ऊ मलाई मान्छे गन्दैन थियो । तर जनावर हो भनेर स्वीकार्न पनि सक्दैन थियो । म खुट्टाले हिँड्थेँ र हातले भात खान्थेँ । जुन उसले देखेको थियो । ऊ मलाई ठोकुवा दिन्थ्यो, “तेरो बुद्धि छैन । तँ मूर्ख छस् ।”

घटुवा हुँदा गुमेको इज्जत थोरै भए पनि फिर्ता होला । साथीभाइले पनि पत्याउँलान् । यसकारण म्यानेजरलाइ ठाडै खुट्टा अन्तर्वार्ता देखाएको थिएँ ।

अचेल एकान्तमा सोच्छु- म्यानेजरले ठिकै भन्यो कि क्या हो ! तर उसको त्यो धारणा मेरा नजिकका संगतियले स्वीकार्दैनन् । यसकारण उसको धारणा अन्तिम सत्य हैन जस्तो पनि लाग्छ।

मैले ठानेँ, पत्रिकामा मेरो अन्तर्वार्ता पढेपछि म्यानेजरले कम हेप्ला । मान्छे ठान्ला। घटुवा हुँदा गुमेको इज्जत थोरै भए पनि फिर्ता होला । साथीभाइले पनि पत्याउँलान् । यसकारण म्यानेजरलाइ ठाडै खुट्टा अन्तर्वार्ता देखाएको थिएँ । तर, उसले पत्याएन । फालिदियो । झन् ठूलो अपमान भयो । अरू स्टापहरूसामु उडायो, “यसको नाम गरेको मान्छेको अन्तर्वार्ता छापिएछ । यसले मेरो हो भन्दै मलाई बिहानै ढाँट्यो ।”

त्यसपिछ अफिस ब्वाइले समेत मालाई हेप्न थाल्यो । “तँ टेबल पुछ्, म भुइँ पुच्छु !”, भन्न थाल्यो ।

घटुवा हुँदा जुन दुःख लागेको थियो त्योभन्दा कयौँ गुणा धेरै दुःख मेरो अन्तर्वार्ता छापिएको पत्रिका म्यानेजरले फाल्दा लाग्यो ।

बेकार देखाएछु भन्दै निकै दिन पछुताएँ ।

……….

कोठामा एउटा सानो नेपाली शब्दकोश थियो । त्यसमा मेरो भन्जाले सायन शब्द भेटेछ । जसको अर्थ थियो ‘दिन र रात बराबर हुने दिन, २२ मार्च र २२ डिसम्बर । भान्जाले खोजेर ठिक्क परेको सानय शब्द रमेशको पछि लाग्यो र रमेश सायन बन्यो ।

त्यसपछि, म्यनेजरले खोजे पनि कहिलै नभेटिने नाम बनेँ ।

अन्तरवार्ता छापिएको पत्रिकामा पछिपछि कविताहरू पनि छापियो, न म्यानेजरले कहिल्यै मलाई चिन्यो न मैले चिनाएँ । न आफूलाई प्रमाणित गर्नु पर्यो न अपमान महसुस गर्नु पर्यो । बरू सहकर्मी र हाकिमसँग नचिनिँदा नयाँ सुख महसुस गरेँ ।

मैले नयाँ नयाँ ठाउँमा काम गरेँ । कपडा फेरे झैँ थुप्रै मालिक फेरेँ । थुप्रै मान्छे मेरा हाकिम भए । कयौँ साथीहरू सहकर्मी भए तर कसैले कहिल्यै थाहा पाएनन्- म कविता लेख्छु । पत्रिकामा आर्टिकल लेख्छु । ब्लग लेख्छु भनेर ।

मेरो लेख छापिएको पत्रिका अफिसमा आएको बेला कहिल्यै बताउन सकिनँ त्यो मैले लेखेको हुँ भनेर । मेरो सात्तो म्यानेजरले उडाइसकेको थियो । दोस्रोपल्ट कहिल्यै हिम्मत गरिनँ ।

कोरियाबाट फर्किएपछि क्याफे खोलें । त्यो क्याफे डुब्यो । त्यसपछि थुप्रैपल्ट महंगा सपिङ महलहरूमा गएर प्राइज ट्याग पढेर फर्किएको छु ।

२०१३ मा साताको साहित्यले मेरो एउटा कवितालाइ पुरस्कार दियो । पुरस्कार पाएको भोलिपल्ट पत्रिकामा फोटो छापियो । एक जना सहकर्मीले पत्रिका देखाउँदै भने-‘आरे तँ जस्तै मान्छे छ रे, हुबहु अनुहार मिल्छ यार !’

हातमा पत्रिका बोकेर उनले सबैलाई देखाउँदै हिँडे तर कसैले मै हुँ भनेर भन्न सकेनन् ।

मैले फिस्स हाँस्दै भनेँ, ‘पृथ्वीमा एक जना मान्छेको अनुहार सात जनासँग मिल्छ भन्छन् । एक जना नेपालमै रहिछ ।’

उनीहरूले खुब रमाइलो मानेँ । खोजेर मित लाउने सल्लाहा दिए ।

कोरियामा चौबीस महिना सँगै बसेपछि एक जना भाइले भने, ‘दाइको साहित्यतिर रूचि छ कि क्या हो !’

पढ्दै गरेको अमर न्यौपानेको करडौँ कस्तुरी चुपचाप बन्द गरेँ । सिरानेमा राखेँ । उनीसँग बियर पिउन थालेँ ।

रमरम हुन थालेपछि फेरि सोधे, ‘दाइको साहित्यमा रूचि छ ?’

‘अलिअलि किताब पढ्छु ।’

उनले भने, ‘मलाइ गजल खुब मनपर्छ । अरू त सुन्दिनँ । पढ्दिनँ ।’

कोरियाबाट फर्किएपछि क्याफे खोलें । त्यो क्याफे डुब्यो । त्यसपछि थुप्रैपल्ट महंगा सपिङ महलहरूमा गएर प्राइज ट्याग पढेर फर्किएको छु । मलाई लाग्यो, ‘अब यी मूल्यका सामान कहिल्यै किन्न सक्दिनँ । टाढाको यात्रामा जान सक्दिनँ ।’

फेरि कसैसँग काम माग्ने दिन सुरू भए । म यसरी आत्तिएको रहेछु कि मैले बायोडाटामा साह्रा कुरा लेखेँ । कहाँ कति वर्ष काम गरेँ । सम्मान पुरस्कार कति पाएँ ।

तर पन्ध्र वर्षपछि आफूले आफैँलाई दुर्घट्नामा पारे । फेरि झन्डै झन्डै तपाईँले गर्नुभएको अपमानकै हाराहारीको अपमान महसुस गर्छु, ‘कविजी एउटा कविता जाहोस् न त !’

यतिसम्म लेखेंकी गुगल सर्च की रमेश सायन (Ramesh sayan) समेत लेखेर दिएँ । जसले मेरो बायोडाटा पढ्छ । त्यसले जागिर नदिए पनि एकपटक मलाई भेट्न अवश्य बोलाउँछ भन्ने मान्यतामा बायोटाडा इमेल गरेँ।

जागिर दिने कम्पनीले जागिर दियो । मैले मागेको भन्दा अझ थपेर दाम दियो । तर म किताब लेख्छु । कविता लेख्छु भन्ने गोपनियता भंग भयो ।

अहिले सहकर्मी भन्छन्, ‘कविजी, एउटा कविता जाहोस् न त !’, यसले मलाई यति ठूलो हैरानी दिन्छ कि जुन भनी साध्य छैन । कति हलुका भयो लेखक । कति हलुका भयो कवि । जुन जहाँसुकै उड्न सक्छ । र जसले पनि उडाउन सक्छ ।

हामीलाइ लाग्छ (भ्रम) किताब थिएन भने संसार अध्यारो हुन्छ । तर मेरा सहकर्मी कसैले आफ्नो औपचारिक कोर्सका किताबबाहेक कुनै एक किताब पनि पढेका छैनन् । उनीहरूको लागि कवि लेखक भनेको सामान्य हाँसीमजाक गर्ने मानिस हो । कसैकसैलाई त लाग्छ, कवि लेखक भनेको जोकको नायक हो । यो यस्तो खिच्चा हुन्छ कि जहाँ पनि उभिएर कविता पढ्न थालिहाल्छ ।

यो लेख तिनै म्यनेजरलाइ समर्पित, जसले मलाई सायन नाम राख्न प्रेरित गरे ।

प्रिय शर्मा सर,

तपाईँलाई पन्ध्र वर्षपछि ‘प्रिय’ शब्द प्रयोग गर्दैछु । जसले पोख्रेल थरलाई सायन नाम बनाइदियो । एकैपटक मात्र तपाईबाट अपमान हुन पर्यो । बाँकी सबै समय सामान्य मान्छे जस्तै सामान्य हुनसकेँ । तर पन्ध्र वर्षपछि आफूले आफैँलाई दुर्घट्नामा पारे । फेरि झन्डै झन्डै तपाईँले गर्नुभएको अपमानकै हाराहारीको अपमान महसुस गर्छु, ‘कविजी एउटा कविता जाहोस् न त !’