
काठमाडौं । आख्यानकार तथा पछिल्लो समयकी सक्रिय समीक्षक अनिता कोइरालाको पहिलो उपन्यास ‘उज्यालो औँसी’माथि विमर्श भएको छ ।
मार्टिन चौतारीमा डा. गिता त्रिपाठीले कोइरालाको उपन्यासको चर्चा गर्नु भएको थियो ।
पठन संस्कृतिको विकासका लागि विविध काम गर्दै आएको बुकाहोलिक्सले मासिक रूपमा चकटी बहसमा एउटा कृतिमाथि अन्तरक्रिया गर्दै आएको छ । यसै क्रममा कोइरालाको उपन्यास उज्यालो औँसीमाथि त्रिपाठीले समीक्षात्मक टिप्पणी गर्नुभयो।
संस्मरणात्मक शैलीमा लेखिएको यस उपन्यासमा उपन्यासकारले अनुभूतिको करुणामय अवस्था चित्रण गरेको समालोचक त्रिपाठीले बताउनुभयो । उपन्यासमा उल्लेख गरिएका कतिपय प्रसंगले आफूलाई पनि पूर्वस्मृतिमा पुर्याएको उहाँको भनाइ थियो । त्रिपाठीले कृतिमाथि टिप्पणी गर्दै त्यसभित्रका केही कमी कमजोरीहरू पनि केलाउनुभयो। उपन्यासमा चरित्रांकनमा त्रुटी भएको र नाटकीयता बढी भएकोतर्फ पनि उहाँले औंल्याउनुभयो।
उपन्यासकार कोइरालाले पनि कार्यक्रममा आफ्नो लेखकीय धारणा राख्नुभएको थियो । विमर्शमा राधिका कल्पित, अनिता पन्थी, भगवति खतिवडा, राजकुमार बानियाँ लगायतले आफ्नो पाठकीय टिप्पणी राख्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

