वि.सं. २०३४ सालदेखि ”साहित्य कला र संगीतको उत्थानः हाम्रो प्रण” भन्ने मूल उद्धोषका साथ अनवरत रुपले वाङ्मयिक सेवामा समर्पित अत्यन्त गौरवमय इतिहास बोकेको पोखरेली युवा साँस्कृतिक परिवारको ४२ औँ साधारण सभा तथा अधिवेसनले रीता अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

परिवारको उपाध्यक्षमा लक्षमण थापा,सचिवमा ए.डी.काफ्ले, कोषाध्यक्षमा अर्जुन अधिकारी,सह–सचिवमा हसिना बस्नेत, साहित्य संयोजकमा केशु शर्मा,संगीत संयोजकमा मिलन गिरी,कला संयोजकमा हेमकान्ती गुरुङ्ग र सदस्यमा शिव त्रिपाठी,डा.शरण आँसु,शिव सङ्कल्प,ढाकामोहन बराल,सङ्गीता बराल बि.सी.निर्वाचित हुनुभएको छ ।

निर्वाचित हुँदै अध्यक्ष रीता अधिकारी ’ऋतु’ले संस्थाको गरीमालाई जोगाउन आफ्नो कार्यकालमा सबैको साथ र सहयोगले पुराना कार्यक्रमलाई निरन्तरता सँगै केही नयाँ योजना ल्याउने प्रतिबद्घता जनाउनुभयो । कार्यक्रममा सरुभक्त,तीर्थ श्रेष्ठ,रमेश श्रेष्ठ,सरस्वती प्रतिक्षा,उपेन्द्र पौडेल, प्रकाश ज्ञवाली,भोज जि.सी. लगाएतले बोल्नुभएको थियो ।

संस्थाका निर्वतमान अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न उक्तकार्यक्रममा चैतन्य अधिकारीले सचिवको र अर्जुन अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।