साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

ललितकला पुरस्कार आलोक गुरुङलाई

अशोक गुरूङ

पोखरा / पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई दुई-दुई वर्षमा प्रदान गर्ने ललितकला पुरस्कार २०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गर्ने भएको छ ।

वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गर्नुभएको हो ।

bahulako diary small and inside post

ललितकला पुरस्कार २०७८ पाउने कलाकार आलोक गुरुङ तनहुँ अरुबोटमा जन्मेर पोखरामा क्रियाशील चित्रकला, मुहार चित्र र प्रतिस्थापन कलामा अब्बल कलाकार मानिनुहुन्छ ।

“कला मनोरञ्जन र सौन्दर्य मात्रै नभएर चेतनाको उज्यालो हो” भन्ने गुरुङले हजार भन्दा बढी मुहारचित्र बनाउनुका साथै अन्य सिर्जना गरिसक्नु भएको छ ।

एकल चित्रकला प्रदर्शनी २०१३ दमौली, २०१४ मा पोखरामा, दुई व्यक्ति (दुर्गा बराल-गोपाल श्रेष्ठ) चित्रकला प्रदर्शनी २०३१ बागलुङ समूह चित्रकला प्रदर्शनी तथा सामूहिक कला कार्यशालाअन्तर्गत हङकङ, भारत, सिक्किम, कोरिया तथा नेपालका थुप्रै ठाउँहरूमा आफ्नो कला प्रदर्शनी गरिसक्नु भएको छ ।

गुरुङको अर्को विशेषता भनेको लाइभ डेमोस्ट्रेसन हो । उहाँले सिर्जना फाइन आर्ट कलेज र ललितकला क्याम्पसमा समेत आफ्नो कला देखाइसक्नु भएको छ ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गुरुङले नेपाली कलाका विभिन्न विधाको उन्नयनमा पु-याएको योगदानको कदर गर्दै ललितकला पुरस्कार २०७८ प्रदान गर्न लागिएको प्रतिभा छनोट समितिका संयोजक वरिष्ठ कलाकार दुर्गा बरालले जानकारी दिनुभयो ।

ललितकला पुरस्कारबाट पोखराका पहिलो कलाकार कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, हरेराम जोजिजु, यादवचन्द्र भूर्तेल, सरोजा खड्की, मुकेश मल्ल, लोकप्रसाद गुरुङ र राजन काफ्ले पुरस्कृत भइसक्नु भएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा आगामी असार ४ गते शनिबार नगद, ताम्रपत्र र दोशल्लासहित पोखरामा पुरस्कार प्रदान गरिने परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
Loading...