नारायणगढ । कविडाँडा आख्यान पुरस्कार २०८० आख्यानकार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरिएको छ । कविडाँडा साहित्य समाज चितवनले सौराहामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा प्रा. गौतमलाई उपन्यास ‘अद्धैत’ लागि सो पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा समाजका अध्यक्ष एलबी क्षेत्रीले पुरस्कृत श्रष्टालाई दोसल्ला ओढाइ सम्मान पत्र र नगद पुरस्कारले सम्मान गर्नुभएको हो । पुरस्कारको राशि एक लाख २५ हजार रुपियाँ रहेको छ ।
सो अवसरमा बोल्दै अध्यक्ष क्षेत्रीले अद्धैत उपन्यासले समाजमा दिन खोजेको सन्देशका बारेमा चर्चा गर्नुभएको थियो । समीक्षक डा. एक नारायण पौडेलले अद्धेत उपन्यास माथि समीक्षा गर्दै अद्धैत वर्षभरिकै उत्कृष्ट आख्यान भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै लेखक प्रा. गौतमले सम्मानले आफूलाई नयाँ पुस्तकको सृजनामा थप प्रेरणा जागेको बताउनुभयो । समीक्षक महेश पौडेलले पनि उपन्यासमाथि बोल्नु भएको थियो ।
प्रा. गौतमको उपन्यास अद्धैतलाई यसअघि पद्मश्री पुरस्कारबाट सम्मान गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२८ जेष्ठ २०८३, बिहीबार 









