कविडाँडा साहित्य समाजले राष्ट्रिय कविता प्रतियोगिता ( २०२०) को नाम सार्वजनिक गरेको छ । समाजका अध्यक्ष एल.बी क्षेत्रीको नेतृत्वमा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

उत्कृष्ट दश कविमा अन्जान प्रदिप (नवलपरासी), अमिता कँडेल( चितवन), अस्मिता पौडेल( बाग्लुङ), बिरेन्द्र जैसी(अक्षाम), लक्ष्मण सङ्गम(अक्षाम), नगेन्द्र सुवेदी( मोरङ), निरज दाहाल(झापा), रेनुका जिसी(रौतहट), रोहित ढुङ्गाना(तेह्रथुम) र सम्योग बस्याल( कास्की) रहेका छन् । उत्कृष्ट दश कविलाई कविडाँडाको वार्षिक उत्सव कार्यक्रममा चितवनमा आमन्त्रण गरिनेछ । प्रथम, द्वुतीय, तृतीय कविलाई रु. १५,०६०/-, १०,०६०/- र ७,५६०/- क्रमश प्रदान गरिनेछ ।

उक्त बैठकले नेपालका अग्रज कवि गोपाल पराजुली(काठमाडौँ) र कुन्ता शर्मा(धरान) लाई . कविडाँडा राष्ट्रिय साहित्य सम्मान दिने भएको छ । त्यसैगरी, कविडाँडा उत्कृष्ट आख्यान भुवन ढुङ्गानाको उपन्यास “परित्याक्ता”ले पाएको छ । कविडाँडा साहित्य समाज अविनाशी कृति पुरस्कार राम बाबु घिमिरे निबन्ध संग्रह (केन्द्र र परिधि) ले पाउने भएका छन् भने  कविडाँडा साहित्य सम्मान तथा देव खीना स्मृति पुरस्कार  कवि तथा निबन्धकार गायत्री श्रेष्ठले पाउने भएकी छिन् ।

अध्यक्ष क्षेत्रीका अनुसार तिहार पछि चितवनको सौराहामा यस कार्यक्रमको आयोजना हुनेछ ।