डिजी शर्मा, युएई ।

सामाजिक कार्यमा पछिल्लो ६ वर्षदेखि सक्रिय रहँदै आएको तनहुँ सेवा समाज युएईको अध्यक्षमा राजु तिमिल्सिना चयन हुनुभएको छ । दुबईमा सम्पन्न समाजको चौथो अधिवेशनले सन् २०२४-२०२६ का लागि तिमिल्सिनाको अध्यक्षतामा सर्वसम्मत रूपमा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

अमर रानाभाटको संयोजकत्वमा रहेको निर्वाचन समितिले समाजको वरिष्ठ उपाध्यक्षमा कृष सुनार, उपाध्यक्षमा गणेश बस्नेत क्षेत्री, अपिल भट्टराई, सुरिन भुजेल, अम्मरराज पन्थी र महिला उपाधक्ष्यमा अनिता अधिकारिलाई चयन गरेको छ ।

त्यसैगरी, नवगठित कार्यसमितिको महासचिवमा दिपेन्द्र पौडेल, प्रवक्ता ज्ञानु शाही ठकुरी, सचिवमा रमेश गोदार र जितेन्द्र कार्की, कोषाध्यक्ष ईश्वर अधिकारी, सह-कोषाध्यक्ष विष्णु कार्की, महिला संयोजक सरिता न्यौपाने, युवा संयोजक योगनारायण अधिकारी र खेलकुद संयोजकमा मिलन चन्द ठकुरी चयन हुनुभएको छ ।

त्यसैगरी, केन्द्रीय सदस्यमा नेत्र लामिछाने, ईन्दु पोख्रेल, किशोर पाण्डे, शिव श्रेष्ठ, रामजी बानियाँ, विक्रम थापा, रश्मि आले मगर, विकाश मिश्र र मीनराज श्रेष्ठ रहनुभएको छ ।

सोही समारोहको अवसरमा समाजको अघिल्लो कार्यकालमा समाजले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा विशेष सहयोग पुर्याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

तनहुँ समाजका प्रमुख संरक्षक दीपक खड्काको प्रमुख आतिथ्य तथा समाजका निवर्तमान अध्यक्ष सुदीप कार्कीको सभापतित्वमामा सम्पन्न कार्यक्रममा NRNA UAE का अधक्ष्य विकाश शाही, नेपाली समाज युएईका अधक्ष्य वेदप्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा संस्थाकी पूर्ववरिष्ठ उपाधक्ष्य कल्पना रिमालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

“हाम्रो तनहुँ, हाम्रो शान, सहकार्य र सेवाको अभियान” भन्ने मूल नाराका साथ सन् २०१८ मा तनहुँ सेवा समाज, युएईको स्थापना भएको थियो ।