डि जि शर्मा
युएई / तनहुँ सेवा समाज युएईले २१० औँ भानु जयन्तीको अवसर पारेर आइतबार रचना वाचन तथा कृति विमोचन कार्यक्रम सम्पन्न गरेको छ । दुबईको बरदुबई स्थित सिल्भर इस्पोन नेपाली रेस्टुरेन्टमा आयोजित कार्यक्रममा राष्ट्रिय विभूति समेत रहेका आदिकवि भानुभक्त आचार्यको विशेष सम्झना गरिएको थियो ।

“हाम्रो तनहुँ हाम्रो शान, सेवा र सहकार्यको लागि अभियान” भन्ने मूल नारासहित स्थापना भएको समाजले हरेक वर्ष भानु जयन्तीमा कार्यक्रम आयोजना गर्दै आएको छ ।

समाजका प्रमुख संरक्षक दिपक खड्काको प्रमुख आतिथ्य तथा समाजका अध्यक्ष सुदिप कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमका बिच तीन ओटा कृति समेत विमोचन गरिएको थियो । जसमा गजलकार परिविक्रमको गजल सङ्ग्रह “अङ्कमाल”, गजलकार जगत खड्का दोलखालीको गजल सङ्ग्रह “पहिरो” र कवि देवव्रतको कविता सङ्ग्रह “अश्वत्थामाको निधारबाट बागमती बग्छ” रहेका छन् ।

कार्यक्रमका विशेष अतिथि युएई भ्रमणमा रहनुभएका श्रम तथा रोजगार मन्त्रालयका सहसचिव विष्णुराज ढकाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लेखा अधिकृत फणिन्द्र कुमार श्रेष्ठले कार्यक्रममा बोल्दै भानुभक्तले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा युएईमा रहेर साहित्य कर्ममा सक्रिय रहँदै आउनु भएका गजलकार टक गुरुङ, गजलकार दिपेन्द्र पौडेल, गजलकार गणेश प्रसाद पौडेल, कवि/चित्रकार जीवित खड्का मगर, मुक्तककार चन्द्रमन नीलओम, गजलकार भुपेन्द्र आचार्य कान्छो, गजलकार अथाह सागर ‘तीर्थमान’, गजलकार गणेश बस्नेत, कवि डि. एल. घिमिरे, गजलकार नकुल पौडेल, कवि सोनी भण्डारी , गजलकार चट्टान कुमार किसान, मुक्तककार इन्धन डि बि भण्डारी, गजलकार एस पि माथवर, गजलकार सुबास मगर, गजलकार हरीहर कँडेल, गायक अर्जुन खरेल लगायतले आ-आफ्नो प्रस्तुति राख्नु भएको थियो ।

कार्यक्रममा रचना प्रस्तुत गर्नुहुने सम्पूर्ण सर्जकहरुलाई आयोजक तनहुँ सेवा समाजको तर्फबाट सम्मान स्वरुप प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

नेपाली राष्ट्रिय गानबाट आरम्भ भएको कार्यक्रममा आदिकवि भानुभक्तको तस्बिरमा माल्यार्पण एवं दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा समाजकी वरिष्ठ उपाध्यक्ष कल्पना रिमालले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम संयोजक एवं समाजका सल्लाहकार टक गुरुङले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । त्यसैगरी समाजका वरिष्ठ उपाध्यक्ष गणेश बस्नेतले भानुभक्तको छोटो जीवनी प्रस्तुत गर्नुभएको थियो । कास्की आदर्श समाजका अध्यक्ष शिव कुमार श्रेष्ठ , नेपाली समाज युएईका पूर्व अध्यक्ष कृष्ण बहादुर ढकाल र प्रमुख अथिति दिपक खड्काले कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

समाजका महासचिव सुरिन भुजेलले औपचारिक कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने साहित्यिक कार्यक्रम सञ्चालनको जिम्मेवारी गजलकारद्वय जे. सागर र ‘कान्छो ‘भूपेन्द्र आचार्यले लिनु भएको कार्यक्रमका संयोजक टक गुरुङले जानकारी गराउनु भयो ।

सोही अवसरमा आगामी सेप्टेम्बर ३ तरिक तनहुँ सेवा समाज युएईले “वृद्धश्रम सहयोगर्थ” तीज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रमका प्रमुख प्रयोजक एवं कार्यक्रम संयोजक राजु तिमिल्सिनाले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष वेद प्रसाद अर्याल, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिती युएई (नेपाल एसोसिएसन) का महिला संयोजक मञ्जु मल्ल ठकुरी, नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष विजय लक्ष्मी राई, आयोजक समाजका प्रमुख सल्लाहकार कृष्ण रायमाझी, समाजका सल्लाहकारद्वय वसन्त रिमाल, प्रकाश थापा, नेपाली समाज युएईका पूर्वअध्यक्ष कृष्ण बहादुर ढकाल, गुल्मी सेवा समाज युएईका अध्यक्ष राम श्रेष्ठ, मोना युएई अध्यक्ष सुबास राम्झाली मगर, मोरङ सुनसरी समाज युएईका अध्यक्ष बिनोद बस्नेत, पर्वत सेवा समाज युएईका अध्यक्ष तिलक सापकोटा, अन्तराष्ट्रिय नेपाली समाज युएईका अध्यक्ष मेघप्रसाद धमला, सचिव सावित्रा अधिकारी, इसेवा मनि ट्रान्सफर युएईका रिलेसनसिप मेनेजर ईश्वर अधिकार, पत्रकारद्वय उमाकान्त पाण्डे, अर्जुन काफ्ले लगायत विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।