खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरेको छ ।
प्रतिष्ठानले कृष्ण गौतमको अद्वैत, सानु शर्माको अर्को देशमा, रोशन शेरचनको गल्ली संसार, कुमार नगरकोटीको जोगियाना र गोविन्दप्रसाद कुसुमको भृकुटीलाई उत्कृष्ट पुस्तकको सूचीमा राखेको हो ।
यसअघि चयन प्रक्रियाको पहिलो चरणमा असार १५ गते १५ पुस्तकको विस्तारित सूची सार्वजनिक भएको थियो । १५ पुस्तकमध्येबाट पाँच पुस्तकको सूची सार्वजनिक गरिएको हो ।
यसमध्ये एक पुस्तकले २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्नेछ ।




साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
कृष्ण ढुङ्गेल
२०७९ भाद्र १७ ०९:०१
कतिपय पुरस्कारका निर्णायकहरू नै लेखकहरूका प्रतिस्पर्धी हुन्छन् – महेश पौड्याल
साहित्यपोस्ट
२०८२ भाद्र १५ ०९:४२
१६ माघ २०८२, शुक्रबार 








