वर्ष २०७८ को पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको कथासङ्ग्रह ‘अर्को भोर’लाई र पद्मश्री साधना सम्मान तीसको दशकदेखि नेपाली कथाकारितामा सक्रिय कथाकार माया ठकुरीलाई प्रदान गरिएको छ ।
त्यस्तै, यसै वर्षबाट सुरु स्थापना भएको पद्मश्री गौरव पुरस्कार लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गरेका नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गरिएको छ ।
हरिकला समाज कल्याण प्रतिष्ठानको निर्णायक समितिले ‘अर्को भोर’लाई पद्मश्री पुरस्कार, माया ठकुरीलाई साधना सम्मान र डा. सन्दुक रुइतलाई गौरव पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
वि.स. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।
तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिन्छ ।
तीनवटै पुरस्कार तथा सम्मानको राशि तीन लाख रूपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।