साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई स्वामित्व र उपयोगमा पुनर्विचारको बहस गरी लेखिएको माधवप्रसाद बरालको पुस्तक ‘भूमि–चिन्तन’ प्राप्त भएकाे छ ।
पुस्तकमा भूमिको प्रयोग र उपयोगका बारेमा विस्तृतमा चर्चा गरेका छन् ।
पुस्तकको भावार्थ छ – ‘जुन विशाल भूमिमा सागर, नदी, झिल, तलाउ, पोखरी, इनार आदि जलाशयहरु छन्, जहाँ सबै किसिमका अन्न, फलफूल, सागपात र सारा वनस्पतिहरु उत्पन्न हुन्छन्, जहाँ सबै प्रकारका प्राणीहरु खुसी र सुखपूर्वक बसोबार गर्दछन्, जसको गर्भमा अथाह खानीको भण्डार छ । जसमा किसान, शिल्पकारलगायत सबै मानवजाति संगठित रुपमा आनन्दपूर्वक बसोबास गरेका छन् । यस किसिमको हाम्रो भूमि हाम्रा लागि श्रेष्ठ र ऐश्वर्य प्रदायक होस् ।’
पुस्तकमा ‘नेपाली राजनीति र भूमि’, ‘भू–उपयोगको विद्यमान अवस्था’, ‘भ्रष्टाचार र भूमिको अन्तर्सम्बन्ध’, ‘भूमाफिया र प्लटिङ’, ‘कृषि र भूमि, ‘वन र भूमि’, ‘गुठी र भूमि’, आर्थिक सामाजिक विकृति र भूमि’, ‘सुकुम्बासी समस्या’, ‘राष्ट्रबाद र भूमि’, ‘भूमि, भूमिनीति र भू–उपयोग नीति’, ‘गाउँघरको हालखबर’, ‘शहर बजारको हालखबर’, ‘राष्ट्रका समग्र चुनौति र भूमि’लगायत विषयहरु समेटिएका छन् ।
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय ८० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।