राप्ती साहित्य परिषद्, रुकुम पश्चिमको एक भव्य कार्यक्रममा विभिन्न पुरस्कारबाट स्रष्टाहरूलाई सम्मान गरेको छ ।

परिषद्ले ‘योगमाया लोकसाहित्य पुरस्कार’ अरुणकुमार शाहलाई, ‘रुकुम साहित्यमाला पुरस्कार’ गणेशा विष्ट कार्कीलाई, ‘सुमन-सुमना साहित्य पुरस्कार’ श्रीकृष्ण शर्मा र हरिकला बुढालाई, ‘मुसीकोट नगरप्रमुख साहित्य पुरस्कार’ प्रसाद खड्का, जलसा खड्का र सत्यनारायण श्रेष्ठलाई साथै ‘बलबहादुर श्रेष्ठ स्मृति साहित्य पुरस्कार’ सीता बुढालाई प्रदान गरिएको हो ।

यसैगरी, रुकुमको साहित्यिक एवं साङ्गीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएवापत् यज्ञबहादुर ओली, प्रेम घर्ती, खेमराज खड्का, खगेश्वर भण्डारी, ओमबहादुर खत्री, अर्जुनकुमार ओली, भूपेन्द्रा मल्ल, गिरिप्रसाद बुढा, कमलमणि देवकोटा, हरिकला बुढा, कमानसिंह विष्ट, शशिराम कार्की, जिल्ला समन्वय समिति रुकुम पश्चिम, मुसिकोट नगरपालिका वडा नं १ र १०, जनकल्याण मा.वि तथा रक्तिम सांस्कृतिक अभियान रुकुमलाई सम्मान स्वरूप कदरपत्र प्रदान गरिएको छ ।

मिति २०८० फागनु १२ गते रुकुम मुसिकोटमा सम्पन्न राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको सोह्रौ वार्षिकोत्सव तथा पाँचौं अधिवेशनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा विशिष्ट अतिथिहरू नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ शशिराम कार्की, रुकुमेली वाङमय अधिष्ठानका अध्यक्ष भूपेन्द्रा मल्ल, प्रलेस नेपालका केन्द्रीय सचिव गिरिप्रसाद बुढा, राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वका अध्यक्ष कमानसिंह विष्टले शुभकामना दिनुभएको थियो ।

वरिष्ठ लोकगायक अरुणकुमार शाह, अन्य स्रष्टाहरू प्रेम घर्ती, अर्जुन ओली, एक्क बहादुर केसी, प्रसाद खड्का, पूर्णबहादुर बुढा, खगेश्वर भण्डारी, अरुणकुमार शाह, कृपाराम ओली, श्रीकृष्ण शर्मा, विक्रम पालुङ्गा, प्रेमा सेर्पाली, दिलमाया खनाल, अनुसा रोका, खेमराज खड्का, गणेशा विष्ट कार्की, दक्षकुमार ओली, लक्ष्मी धिताल लगायतका स्रष्टाहरूले रचना प्रस्तुत गर्नुभएको थियो।

साथै परिषद्को पाँचौं अधिवेशनले आगामी ३ वर्षका नयाँ कार्यसमितिको समेत चयन गरेको छ । मनलाल ओलीको अध्यक्षतामा गठित ९ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष एक्कबहादुर के।सी।, सचिव ओमबहादुर खत्री, सहसचिव सीता बुढा, कोषाध्यक्ष शशिराम घर्ती, सदस्यहरू नारायण प्रसाद शर्मा,अनुसा रोका, प्रेमा सेर्पाली र दिलमाया खनाल चयन हुनुभएको छ।

परिषद्का सल्लाहकार मुकुन्द शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव ओमबहादुर खत्रीले गर्नुभएको थियो ।