साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कथाकार जलेश्वर श्रेष्ठकृत कथासंग्रह “लाभाका बाफहरू” प्राप्त भएको छ ।
१ सय ४४ पृष्ठमा रहेको यस पुस्तकमा ‘निर्णय’, ‘टेस्टट्युब बेबी’, ‘नयाँ बिहानी’, ‘बिचरा’, ‘अर्पण’, ‘पहिचानको चिन्ह’ लगायत २१ थान कथा संग्रहित छन् ।

लाभाका बाफहरू
दोस्रो संस्करण प्रकाशकीयमा लेखिएको छ, “सर्जक जलेश्वर श्रेष्ठका कथाहरू कविताजस्तै सरल छन् । सामान्य गति र गन्ध लिएर हाम्रै वरपरका बिषय सोझै संवाद गर्न आइपुग्छन् । दर्शन, सिद्धान्त र कठोर भाष्य यहाँ पटक्कै छैन । कथानकताले यौवन समातेर पक्रेको झैं लाग्दछ । सङ्कलित रचनाहरूले घरघरमा दबेका आवाज, परिवारपरिवारमा हुर्केका व्यवहारिक समस्याका बारेमा बोलेका छन् । त्यसैले स्वभाविकरूपमा महिलाका बिषयहरूले सबै रचनामा प्रधानता पाएका छन् तर पुरुषका सन्दर्भमा पनि पारदर्शी र इमानदार भई पात्रहरूले बकेका छन् ।”
यो केन्द्रीय स्वरको पनि केन्द्रमा के छ ? एउटा अर्को प्रश्न छ । जलेश्वरीका कथाहरूमा केन्द्रको पनि केन्द्रमा रहेको स्वर मातृत्वको हो । कथाका पात्रहरू कतै सम्झौता गर्दैनन्, कहिलेकाहीँ गर्छन् भने मातृत्वका लागि गर्दछन् । तर त्यसलाई म सम्झौता भन्दिनँ, मातृत्वको संवेदनशीलता भन्न चाहन्छु । यसका पात्रहरूलाई आफ्नो शरीर र रगतको मात्र होइन अस्तित्व र पहिचानसमेत बनेका सन्तान आमाको नाउँले नै चिनिनु पर्नेमा सन्तान, उसकी आमाप्रति जतिसुकै क्रूर हुने पिताको नाउँले नै चिनिनुपर्ने बाध्यता किन ?” ध्रुवचन्द्र गौतम उल्लेख गर्छन्, “यसरी एक नितान्त नयाँ कथाकारका नितान्त नयाँ यी कथाहरूले आजको नारीचेतनालाई तीक्ष्ण रूपमा स्वर प्रदान गरेका छन् । नेपाली कथामा नयाँ कथा नारी हस्ताक्षर जो आफ्नो विषयगत यथार्थलाई स्पष्ट र प्रभावकारी स्वर दिने प्रयासमा इमानदारीसाथ लागेको छ, स्वागतयोग्य छ । आफ्ना भावहरूलाई यसै गरी इमानदारीले रूप दिँदै गएका खण्डमा कथाकारले पहिलो कथासङ्ग्रहको शक्ति झन्झन् विकसित हुने कुरामा म विश्वस्त छु ।”
मनका कुरामा जलेश्वर श्रेष्ठ लेख्छिन्, “यी नारी हृदयमा गुम्सी बसेका भावनाका अभिव्यक्तिहरू मात्र हुन् । जब-जब म मेरा अभिव्यक्तिहरू व्यक्त गर्छु मेरो मनमा शूल बनेका पीपको पोकाबाट पीप निस्किसकेपछि मात्र आनन्दको अनुभव भएझैँ लाग्छ । अझ पनि मेरो मनभित्रका घाउमा धेरै पीपहरू छन्, त्यसलाई पनि निचोरेर झिक्ने कोसिसमा छु ।”
रङ्ग नेपालबाट प्रकाशित यस पुस्तकको मूल्य ३ सय ९९ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 










