राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका युवा कविता प्रतियोगितामा विजेता ६ जनाको नाम सार्वजनिक गरेको छ। प्रतियोगिता अवधिभरमा प्राप्त भएको ३०५ कवितामध्ये राप्रपाले पुरस्कृत हुने ६ जनाको नाम सार्वजनिक गरेकाे हाे ।
सार्वजनिक सूचनाअनुसार रूकुम पश्चिमका उमेश पुन मगरको कविता ‘देशभित्र देखेको देश’ प्रथम भएको छ। कपिलवस्तुका सुभाष खनालको ‘पृथ्वीनारायण’ दोस्रो तथा संखुवासभाका सिजन श्रेष्ठको कविता ‘पृथ्वी यात्रामा पृथ्वी’ तृतीय भएका छन् ।
प्रथम हुनेले १ लाख , द्वितीय हुनेलाई ५० हजार र तृतीयलाई २५ हजार पुरस्कार स्वरूप पाउनेछन्।
प्रतियोगितामा दाङका अविरल डिसी चौथो, म्याग्दीकी निरूता बुढाथोकी पाचौं र लमजुङका प्रविण अधिकारी छैटौं भएका छन् । चौथो, पाचौं र छैटौं हुनेलाई पनि प्रोत्साहनस्वरूप १०/१० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
विजेतालाई पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा हुने चियापान समारोहमा पुरस्कार वितरण गरिने छ ।
यसअघि राप्रपाले मङ्सिर २७ गतेदेखि पुस १५ गतेसम्मको समय दिएर कविता पठाउन आह्वान गरेकाे थियो ।
राप्रपाले निर्णायको मण्डलको भूमिका वरिष्ठ कवि तथा साहित्यकार विश्वमोहन श्रेष्ठ, नवराज लम्साल र मोमिला जोशीलाई दिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।