साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई भुँडीपुराण प्रकाशनको “सफल व्यक्तित्वका वैज्ञानिक सूत्र” नेपोलियन हिलको बेस्टसेलरको नेपाली अनुवाद प्राप्त भएको छ । यसको अनुवादक हुनुहुन्छ द्रोण पराजुली ।
१ सय ९७ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘संवाद सीप र बातचितको कला’, ‘मानिसप्रति हेर्ने दृष्टिकोणमा सुधार’, ‘सन्तुष्ट हुने बानीको विकास’, ‘एकता र कार्यक्षमताको विकास’, ‘सहयोगी व्यक्तिलाई ईश्वरले सहयोग गर्छन्’, ‘आफ्नो विशेष स्वभावलाई ध्यान दिनुहोस्’, ‘जीवनको लक्ष्य मात्र खुसी हो’, ‘लक्ष्य प्राप्तिलाई जीवनको लक्ष्य मान्नुहोस्’, ‘के सबै मानिसहरू धनी बन्न सम्भव छ ?’लगायत ५९ शीर्षकबाट जीवनोपयोगी सूत्रहरू प्रस्तुत गरिएको छ ।

सफल व्यक्तित्वका वैज्ञानिक सूत्र
उल्लेख गरिएको छ —
“काममा दत्तचित्त भएर लागेकाले नकारात्मक सोचाइ बदलियो त्यसकारण सिर्जनात्मक सोचले मान्छेको मनस्थितिलाई कार्यमा बदल्न सक्छ । यदि तपाईँ कार्य गर्दा सफलताका सूचकहरू देखा पर्दै जान्छन् भने सफलताले तपाईंलाई पछ्याइरहन्छ ।”
“हीन भावनाका धेरै ने नकारात्मक प्रभावले हाम्रो शरीरलाई असहज बनाउँछ, मांसपेशी कमजोर, रक्तचापमा वृद्धि इत्यादि शरीरका भित्री अङ्गले देखाएको प्रभावले हामीलाई मानसिक रोगी बनाउँछ । यस्तो अवस्थाबाट छुटकारा पाउनाको लागि केही सकारात्मक कुराको खोजी गरी पूर्ण रूपमा व्याख्या गर्ने कोसिस गर्नुहोस् ।”
पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “म, तपाईं, हामी, समाज, देश, विश्व र ब्रह्माण्डको त्यो शक्तिशाली तत्त्व हौँ जसले ब्रह्माण्ड जस्तै अर्को ब्रह्माण्ड निर्माण गरी प्रस्तुत गर्न सक्छौँ तर मात्र आफूभित्रको अपार क्षमता र सम्भावनालाई पहिचान गरी निरन्तर अभ्यास, अनुशासन र आत्मबलले समयभित्र लक्ष्य हासिल गर्ने गरी निरन्तर यात्रामा आफूलाई समाहित गर्नुपर्छ एक अविचलित र दृढ संकल्पित यात्री भएर । आउनुहोस् यात्रा गरौँ त्यही महान् लक्ष्यको पदचापलाई पहिचान गरी सफलताको शिखर चुम्न ।”
पुस्तकको मूल्य ४ सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१८ मंसिर २०८२, बिहीबार 










