हावडा म्युनिसिपल कर्पोरेसन, हावडा, कलकत्ताले नेपालका आदिकवि भानुभक्त आचार्यका नामबाट स्थानीय सडकको नामकरण गरेको छ । पश्चिम बङ्गालका कृषिमन्त्री अरुप रायको पहलमा सेन्ट थोमस हाइस्कुल, चपलादेवी रोडदेखि मनसातला हुँदै नरसिंह दत्तो रोडसम्मको आधा किलोमिटर सडकको नाम ‘भानुभक्त सरणी’ राखिएको हो ।
यसअघि यस सडकखण्डकाे नाम ‘डब्ल्यु रोड’ रहेकाे थियो ।
नेपाली जनकल्याण समिति, दासनगर, हावडाले करिब २५ वर्षदेखि भानुभक्त जयन्ती मनाउँदै आएको छ । समितिले विगत आठ वर्षदेखि भानुभक्तका नाममा सडकाे नाम राख्न माग गर्दै आएको थियो।
संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घले उपयुक्त समयमा भानुभक्त मार्गको उद्घाटन गरिने छ।
गंगासागर मेला, दुर्गापूजा, रक्तदान शिविर, बुद्धजयन्ती, मोतीराम जयन्तीलगायत विभिन्न साहित्यिक तथा सामाजिक कार्य गर्दै आएको केन्द्रीय सेवा सङ्घअन्तर्गत पर्ने सात समितिमध्ये जनकल्याण समितिले भानुजयन्तीका अवसरमा हरेक वर्ष ‘बिहानी’ नामक साहित्यिक पत्रिका पनि प्रकाशन गर्दै आएको छ, जसको सम्पादकमा नरविक्रम थापा रहेका छन
।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।