घाँसी
भर् जन्म घाँस तिर मन् दिइ धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो ।
मेरा इनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्र नै छन् ।
त्यस घाँसीले कसरी आज दिएछ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला