साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई चविपश्यना ध्यानमा गहिरो रुचि राख्ने लेखक उमाकान्त पौड्यालद्वारा लेखिएको अनुसन्धानात्मक कृति “बुद्धकालीन समाज (पालि त्रिपिटकको साक्ष्यमा)” प्राप्त भएकाे छ ।

३ सय १ पृष्ठमा आबद्ध यस पुस्तकलाई ‘बुद्धकालीन प्रमुख राज्यहरूू, ‘बुद्धकाली राज्यव्यवस्था’, ‘बुद्ध र उनको धार्मिक मन्तव्य’, ‘भिक्षु र भिक्षुणीसङ्घ’, ‘बुद्धकालीन धार्मिक सम्प्रदाय’, ‘बुद्धकालीन वर्णव्यवस्था’, ‘बुद्धकालीन संस्कृति’, ‘महिला र दासदासी’, ‘आजीविका’, ‘विविध’, ‘परिशिष्ट’ शीर्षक तथा उपशीर्षकहरूबाट संयोजन  गरिएको छ ।

बुद्धकालीन समाज पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा  लेखिएको छ, “बुद्ध परिनिर्वाणलाई सङ्ग्रह र सम्पादन गरिएकाले पालि भाषामा सङ्कलित बुद्धवचन प्रामाणिक एवम् विश्वसनीय मानिन्छन् । पालि त्रिपिटकका आधारमा लेखिएको हुँदा उमाकान्त पौड्यालले लेखेको बुद्धकालीन समाजले पनि बुद्ध, उनको धार्मिक मन्तव्य र तत्कालीन परिस्थितिबारे प्रामाणिक जानकारी दिन्छ । बुद्धका विषयमा कतिपय अतिरञ्जित शास्त्रीय वर्णनको चिरफार गरी लेखिएको यस पुस्तकले तथ्य र तर्कका आधारमा वास्तविकता उजागर गर्ने प्रयास गरेको छ । पुस्तकमा लेखकले बुद्धकालीन समाजका सबे पक्षको उद्घाटन मात्र गरेका छैनन्, बौद्ध धर्मका पारिभाषिक शब्दको व्याख्या गरी तिनलाई सरल भाषाशैलीमा प्रस्तुत पनि गरेका छन् । लामो अनुसन्धान गरी लेखिएको यो पुस्तक बुद्धकालीन समाज चिनाउने ऐना हो ।”

“…त्यसै दिन साँझपख उनको कोठाछेउको बाटोमा हिँड्दै गर्दा उनले मलाई बोलाए । उनी आफ्ना सरसामान झोलामा मिलाउँदै रहेछन् । उनले बुद्धको जन्मस्थलबारे यथार्थ जानकारी दिएकोमा मप्रति कृतज्ञता प्रकट गरे । र भोलि बिहानै लुम्बिनीतर्फ प्रस्थान गर्ने कुरा पनि बताए ।” यो पनि पढ्दा राम्रोमा लेखिएको छ, “नेपाल भ्रमण फर्किएपछि उनले आफ्नो परिवार र हङकङका १०-२० जना साथीसङ्गतिलाई लुम्बिनीबारे पक्कै बताए होलान् । यस घटनाले मलाई लुम्बिनी जस्ता हाम्रा सांस्कृतिक धरोहरका विषयमा प्रत्येक नेपालीले सामान्य जानकारी राख्नैपर्ने रहेछ अन्यथा हाम्रो सम्पत्ति अरूले नै बेचेर खाइदिने रहेछन् भन्ने बोध भयो ।”

पुस्तकलाई फाइनप्रिन्ट बुक्सले प्रकाशनमा ल्याइको हो ।