चैते दशैँको उपलक्ष्य पारेर धरानको भानु क्लब भेट्रेन्सले साहित्यिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा २२ जना कविहरूले पहिचान, विद्रोह र प्रेमसँग सम्बन्धित कविता वाचन गरे ।

कवितावाचनमा देवान किँराती, राज माङ्लाक, प्रदीप मेन्याङ्बो, इन्दु योन्जन, राज आशातित, विशाल नाल्बो, विवेक विवश रेग्मी, कुमार कल्पित, विनय सरगम, तीर्थराज विश्वकर्मा, रोमनाथ ढुङ्गेल, करुणा राई, छविना मगर, सविता लिम्बू, बालकुमारी गुरुङ, दीमा मग्राती, विशालबाबु बस्नेत, प्रकाश दिप्साली, भीम विरही, पराजित पोमू, विशाल भट्टराई, युवराज अधिकारीले भाग लिएका थिए । कवितामा बद्री भिखारी, युद्ध कवि काङ्माङ नरेश, राहेश विद्रोही, चेवन राईलगायतका कविले कवितामाथि टिप्पणी गरेका थिए ।

चतराकी कवि दीपा मग्रातीले ’निभ्न लागेको कुपी’ शीर्षकको कविता मार्फत माहोल बनाइन् । कवितामा उनले वर्गीय समाजको आर्थिक, सामाजिक चेतनाका कारण सिर्जित परिवारको कारुणिकतामाथि व्यंग कसेकी थिइन् ।

कालिकोटका युवराज अधिकारीले ’कतै कतै’ शीर्षकको कविता प्रस्तुत गर्दै जीवन जगतबारे कलात्मक प्रस्तुत गरे ।

तरहराका विवेक विवश रेग्मीले ’जुत्ता’ शीर्षकको कवितामार्फत प्रेम दर्शनबारे कलात्मक प्रस्तुति दिए ।

धरानका तीर्थराज विश्वकर्माले ’कविता कता हरायो’, मिक्लाजुङका विशाल भट्टराईले ’भगवानको खोज’ शीर्षकको कविता वाचन गरे ।

यस्तै बालकुमारी गुरुङले ’मेरी आमा’, ताप्लेजुङका पराजित पोमुले ’फिलिङ्गो’, रोमनाथ ढुङ्गेलले ’याद’, तरहराका विनय सरगमले ’तिम्रो तस्बिर’, इन्दु नेपाल योन्जनले ’आरा धरान’ , सविता लिम्बूले ’पोखिएको जून’, कालिम्पोङले विशाल नाल्बोले ’पानी मान्छे’ शीर्षकको कविता प्रस्तुत गरे ।

धरानका कुमार प्रधान कल्पितले ’राजा दोष’ शीर्षकको कवितामार्फत वर्तमान राजनीतिक नेतृत्व र विचलनको ठाडो प्रतिवाद गरे ।

स्वर्णिम साहित्य समाज वराहक्षेत्रका अध्यक्ष प्रकाश दिप्सालीले ’न्वारनको नाम’ शीर्षकको कवितामार्फत पहिचानका मुद्दा माथि वकालत गरे । दिप्सालीले प्रदेशको नाम पहिचानमा आधारित हुनुपर्ने मत राख्दै वर्तमान नामप्रति विमत्ति जनाए ।

कवि छविना लुङ्गेली मगरले ’फूल फुलाउनु छ’ शीर्षकको कविता प्रस्तुत गरिन् ।

पत्रकार तथा कवि प्रदीप मेन्याङ्बोले मुन्धुममा आधारित कविता ’माङ्गेना’ प्रस्तुत गरे ।

सोलुखुम्बुका कवि विशालबाबु बस्नेतले ’यो कविता’ शीर्षकको कविता प्रस्तुत गरे ।

कवि भीम विरहीले युद्ध कवितामार्फत लडाइँको मैदानमा भोगेको वेदना ’पहिला म मरुँ या मेरो देश’ शीर्षकको कविता प्रस्तुत गरे ।

कवि करुणा राईले ’एक टुक्रा शहर’ शीर्षकको कविता प्रस्तुत गरिन् ।

भानु क्लबको अध्यक्ष सुरज राईको सभापतित्वमा सम्पन्न उक्त साहित्यिक कार्यक्रमको सञ्चालन विरेन सुब्बाले गरेका थिए भने कार्यक्रमको प्रमुख आतिथ्यता कवि सुदीप पाख्रिनले गरेका थिए ।

कविता वाचन कार्यक्रमको निम्ति मुख प्रायोजक वाइ के हङकङ ग्रुपले गरेका थिए भने सह प्रायोजकमा केसी धराने सुकुटी पसल, रहर धराने सुकुटी पसल र युनिक माछा पसल थिए ।

भानु क्लब भेट्रेन्सका सदस्य राज बान्तावा राईले स्वागत भाषण गर्दै उपस्थित सबैलाई धन्यवाद दिए । भानु क्लब भेट्रेन्सको सदस्यहरु बिक्रम खडगी, दिपक तामाङ, रिना लावती, स्वेता राई, राज बान्तावा राई, सन्तोष राई र सुनिल गुरुङले आमन्त्रित कविहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रमको मिडिया पार्टनरका रूपमा “साहित्यपोस्ट” अनलाइन दैनिक रहेको थियो ।