जसले मलाई रुवायो र जसलाई मैले रुवाएँ
आज दुवैबाट मैले, आफैँलाई अलग्याएँ
मन भन्छन् कोही त्यसलाई मुटु पनि त भन्छन्
जसको कुरा सुनेर भुलमाथि गल्ती गर्छन्
मैले पनि त त्यसकै कुरा सुनेर हेरेँ
मेरो जो थियो गुमाएँ जो थिएन त्यो नि गुमाएँ
त्रिकोण भएर यो प्रेम दुईतिर घुस्यो छातीमा
सम्झना उर्लिन्छ दिनमा तिर्सना बढ्छ रातिमा
सजाय यही हो मेरो खुसीको उनीहरूको
कामना गरिरहन्छु दीर्घायु जिन्दगीभरको
जसले मलाई चाहेथ्यो र जसलाई मैले चाहेथेँ
आज दुवैबाट म, आफैँ टाढा भैदिएँ
जसले मलाई रुवायो र जसलाई मैले रुवाएँ
आज दुवैबाट मैले, आफैँलाई अलग्याएँ ।
(द. कोरिया)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला