छुट्टीमा आउन पनि डरै लाग्छ माया
तिम्लाई फेरि छाडी आउने साहस छैन ममा
तिम्लाई फेरि छाडी आउने साहस छैन ममा

सँघारबाट दुई पाइला चालेको के थिएँ
लाखौं पाइला तिमीबाट टाढा आइपुगेँ
थाहा छैन पाइलाहरू अझ कहाँ पुग्छन्
जहाँ पुग्छन् त्यहाँ त्यहाँ तिमीलाई खोज्छन्
छुट्टीमा आउन पनि डरै लाग्छ माया

छुट्दाखेरी यी आँसुलाई थामेको के थिएँ
थाम्दा थाम्दै आज आफैँ सागर बनिदिएँ
छल्किएर आँसुहरू सिरानीको बाटो
तिमीलाई खोज्न थाल्छन् बग्छन् मेरै साटो

छुट्टीमा आउन पनि डरै लाग्छ माया
तिम्लाई फेरि छाडी आउने साहस छैन ममा ।