

मुरारीराज मिश्र
१.
भुकम्प थेग्दा
चर्किएको पहरो
मूल फुटेछ ।
२.
अक्करे डाँडा
भीरमौरीको चाका
मह शिकारी ।
३.
सेतो बर्कोमा
शोकमग्न प्रकृति
वसन्त कुर्दै ।
४.
चिसो बिहान
न्यानो खोज्दैछिन् धरा
हुस्सु ओढेर ।
५.
वसन्त बिनै
सुकेका हाँगाभरी
हिउँ फुलेछ ।
उमा महेश्वर मार्ग कुमारीगाल, काठमाडौं -७



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

मुरारीराज मिश्र
कार्तिक १४, मंगलवार १४:०१