

१.
यात्रु बीचमा,
सधैँ अल्मलिएको
एयरपोर्ट !
२.
गरिबी गीत,
अब यु ट्यूबभरि
बज्न थाल्ने छ !
३.
माछापुच्छ्रे त,
फेवातालमा नै पो
डेरा सरेछ !
४.
उनी त सधैँ,
मेरो पर्स नै किन
मन् पराउँछिन् ?
५.
बाबु पार्टीमा,
छोराको काम छैन
बेरोजगार !




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू