

म यहाँ सम्म पुगेकोछु यस्तो दलदल बाट।
जसरी माछाहरु बगरमा पुग्छन् भल बाट।
गर्न त खुब मेहनत गरीयो संघर्ष गरीयो,
केही नहुदो रहेछ यार अरुको नक्कल बाट।
मेरो छिमेकीले यस्तो भुमिका निभायो,
सजिलै पुराईदियो सडकमा महल बाट।
त्यो दिन दुनियाँले मलाई भकुण्डो सम्झे खेले
जुनदिन छुटेको थिय आमाको आँचल बाट।
बाले भन्नुहुन्थ्यो बेलैमा केहि गर बुद्धि पुर्या,
हेर अन्जान,आम्दानी हुँदैन तेरा गजल बाट।
हाल –कुवेत



