बिर्स्यो नठान्नु आमा त्यही माटो सम्झेर लेख्दैछु
प्यारो आफ्नो घरबारी र बाटो सम्झेर लेख्दैछु
सन्तानको सुख खातिर पायौ कति दु:खहरू
बिर्सिएका ती अतितहरू खाटो सम्झेर लेख्दैछु
जान्ने सुन्ने भए हुँला बि ए, एम ए पढेर
त्यो मातृत्व अगाडि म लाटो सम्झेर लेख्दैछु
मन रुन्छ कति कति आँसु बग्छन् भेलसरी
अचम्म यो जिन्दगीको पाटो सम्झेर लेख्दैछु ।
गुल्मी
हाल: यमागुची, जापान
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला