कुनै लामो सपनाको अवशानपछि
समयको शोकधुनमा मग्न छु
उठ्नु पनि छैन
ब्युँझनु पनि छैन
एकान्तवासमा छु

चराहरू म भए नजिकै आउँछन्
सुदूरको गीत लिएर
म नसुनैझैँ गरी उपेक्षामा टोलाइरहन्छु
किन गाउनु गीत
किन सुन्नु संगीत
जुन गीत सुनिसकेपछि
यही एकान्तमा मौनताको झरीमा भिज्नु छ ।

 

नुवाकोट