सिर्जना  शर्म

माइती घरको कोठामा पस्दा उज्वल जूनले मलाई प्रथम स्वागत गर्थ्यो
प्रसन्न मुद्रामा हेर्थेँ उसलाई
जून आफैमा उज्यालो अझ उसका सुन्दर मुस्कान
ऊ मलाई बरोबर साउती गरिरहेको हुन्थ्यो
ज्ञान नै हो दुनियाँमा सबसे ठूलो धन
ज्ञानकै लागि चाहिन्छ विद्या आर्जन
एकान्तमा कोठा तिर एकलै सल्बलाउँथ्यो जून
चाँङका चाङ किताब बीच ध्यानी बन्ने जून
शीतलता सरलता इमानदारीता र जूनको स्वभाव
शिक्षाको ज्योती बाल्दै भ्रमण गर्ने जून
भौतिक रुपमा अस्ताए नियतिलाई सकार्दै
जूनको सद्वाणी बोकेर हिँड्ने मेरो जीवनको सपना सदा साथ छ ।

 

(श्रद्धेय दाजु आनन्ददेव भट्टको बार्षिक पुन्यतिथिमा हार्दिक श्रद्धान्जलि)