
गगन ढकाल
लेखकहरु लेखिरहेछन्
चेतनाका आँखामा कालापट्टी बाँधेर
विचार र ज्ञानलाई कोषौ दुर फ्याँक्दै
भाव विहिन शब्द थुपारी
काव्य नाम कहलाई रहेछन्
भाउन्न बनाई अरुलाई असफल प्रेमको मिराजमा
आफ्नो सफलतालाई अझ सफल बनाइरहेछन्
विचारगंगामा मनमौजी गर्दै
सिढीं चढिरहेछन्
आँसु बेचेर खुसी किनिरहेछन्
कुण्ठित उनीहरुको मस्तिष्कमा
उब्जेका नाना नामन्त भ्रमहरु
निकम्मा दृष्टि पनि
अन्तिम सत्य भन्दै बेचिरहेछन्
अक्षरको पसल थापी
साहित्य र ज्ञानलाई नै
रकममा तौलिने
सौदाबाज बनिरहेछन्
अच्चम लाग्छ जब यिनीहरु
खाली पाना पनि
साहित्य भन्दै बेचिरहन्छन्
विविध गुटहरुको निर्माण गरेर
अहंकारमा रमाई रहन्छन्
व्यपारलाई केन्द्रमा राखी
सौदा गरिरहन्छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ जेष्ठ २०८३, बिहीबार 










