युवराज घलेभाइ

हालखबर
ठीकै छ यार
बाँचेकै छु
ढुकढुकी चल्दैछ
सास फेर्दैछु
तारा सारा दिन गनेर भएनि
जिएकै छु मृत्युलाई छलेर
ढुक्क बाँचेकै छु ।

मलामी हिँडेको छु
कैयौं अन्तिम अञ्जुली
फूल र माटो चढाएको छु
मुग्लान जानेलाई
विदाइका हातकैयौंपटक हल्लाएकै छु ।

दु:ख सुखका कुरा छोडौं यार
दुर्घटना भिडन्त
अपहरणबाट
जतन् गर्दागर्दै
यो जीवन
जीवन नभएर के भो र
जीव भएर नि बाँच्न
त पाइयो
आउ यसैमा खुशी मनाउँ
अहो हामी धन्य रहेछौं
कमसेकम आजसम्म
रहेछौं ।

 

 गान्तोक पूर्व सिक्किम