युवराज घलेभाइका दस हाइकु

युवराज घलेभाइ (गान्तोक)

१.

आफूभित्र नै सर्प

 बिच्छी पाल्दछु आफैँ
 आजको मान्छे  ।
२.
म मान्छेभित्र
मान्छे खोज्न हिँडेको
मान्छे नै भेटिन ।
३.
गाउँ खाएर
देश खाने कथामा
पल्केका नेता ।
४.
भत्केको घर
बिग्रेको राजनीति
हाम्रो पुर्पुरो  ।
५.
धेरै कठोर
अभावको जिन्दगी
भीरको चिन्डो ।
६.
बग्रेल्ती घर
किरायको डेरा जिन्दगी
भाडामा सुत्छ ।
७.
भोको पेटमा
हुँदैन राम राम
हुन्छ के खाम ?
८.
थेगिरहन्छ
अचानो भै जिन्दगी
खुकुरी चोट ।
९.
जेजसो हुन्छ
तेही नै हो जिन्दगी
केको दुखेसो ।
१०.
कुरा काटेर
जीवन जगतको
हाइकु हाँस्यो ।