युवराज घलेभाइ (सिक्किम)

दु:ख पीडा धोका घृणा साथ जिन्दगीको ।
मन रुँदा पनि हाँस्नु पर्ने हाल जिन्दगीको ।।

पृथ्वीको भार भइयो सकिएन गर्न केही
यस धर्तीमा जन्मिएर भो घात जिन्दगीको ।।

न आफ्नो बनाउन सकें न कसैको हुन सकें ।
प्रयासमै बित्यो जीवन खाएँ लात जिन्दगीको ।।

परदेश आको धेरै भयो बित्दैछ जीवन यसै ।
पैसा नै ठूलो ठान्ने समाजको मुखौटा जिन्दगीको ।।

प्रयास मेरो जारी छ है हरेस अझै खाको छैन ।
गगन् चुम्ने इच्छा मेरो आशा नै जिन्दगीको ।।