शेखर आचार्य

शेखर आचार्य
मन्दिरको ढोका बाहिर
सिँढीमा उभिएको
जुङ्गामुठे ढुङ्गाको पहरेदार
एकोहोरो घुरिरहन्छ
देउता खोज्न
थाली च्यापेर लाइनमा उभिएकी
एउटी युवतीलाई ।
मानौँ सजीव भएर
काँधमै बोकेर हिँड्छ ऊ ।
उडाउँछ कि झैँ
बर्को ओढाएर
सँगै उभिएको घोडामा चढाएर
तम्तयार देखिन्छ, घोडा पनि ।
कुन कानुनले पहरेदार नियुक्त भएछन् यी ?
युवतीको इन्कारमा
सँगै सिंह छ जीवन्त
तर्साउन, धम्क्याउन ।
के ईश्वरलाई थाहा छ
उन्का पहरेदारहरूको नियत ?
फिराद लिएर आउनेहरू बेपत्ता पारिइन्छन्
जब उही थाउलोमा निदाएर
कुर्सीबाट उठ्न नसक्ने गरी
कुँजो भएको हुन्छ ईश्वर ।
शंखादेवी



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 








