डा. मुकुन्द पथिक
टुँडिखेलमा भाषण गर्थे, नेताहरू पैले
हो त भनी जनताले, साथ दिए तैले
कति मरे कति बाँचे, लेखाजोखा छैन
आन्दोलनले सुख ल्याउँछ, होला भन्थे चैन ।
जनताको सरकार बन्यो, कुर्ची तानातान
भ्रष्टाचार बढ्न थाल्यो, हेर जानाजान
टुँडिखेल रोयो आज, भोकै मर्छन् कति
घमण्डले देश खायो, हुँदै छ नि खति ।
महामारी फैलिसक्यो, चारैतिर ऐले
अधोगति हुँदै गयो, बुद्धि फिर्ने कैले ?
कछुवाको चाल भयो, विकासको गति
देश हाँक्ने नेताहरू ! भ्रष्ट भयो मति ।
जनताले सुख पाउने आएन नि दिन
हेर्दाहेर्दै दुःखको दिन भोग्नु प-यो किन ?
ऋणैऋणको भारी बोकी निदाउने कैले ?
सीमित मान्छे मोटाउने दिन आयो ऐले ।
फत्ते हुनु पर्छ सबै, योजनाको काम
नेपालीको आँशु पुछे, ठूलो हुन्छ नाम
युवापुस्ता जुर्मुराए, कस्तो हुन्थ्यो खासा
मर्न दिनुहुन्न कैल्यै, जनताको आशा ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला