साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

उड्ने चरा

 

आरुको बोटमा
बसेर चराहरू
गाइरहेछन् नयाँ घामको गीत
घाम उदाइरहेछ
चराका चन्चल आँखाहरूमा

पहेंलो घामले पातहरू दङ्ग छन्
फूल उमार्ने सपनाहरूमा
चरालाई उड्न दिनुपर्छ
आकाशमा
भँमरालाई उड्न दिनुपर्छ
फूलबारीमा
र पो प्राकृतिक हुन्छ आँखाको रङ

सम्बन्धित पोस्टहरु

जगन्नाथका दुई कविता

bahulako diary small and inside post

तर हुचीलहरूलाई सह्य हुँदैन
चराको उन्मुक्ति
र ठुँगिरहन्छ आरुबोटका फूलहरू
त्यसैले ऊ चराजस्तो भएर पनि
चराजस्तो छैन चालामा

त्यागेर हुचीलका झम्टाहरू
बिर्सेर उसका सिकारी नजरहरू
चरा चिर्बिराउँछ सुन्दर गीतहरूमा
चरा गुनगुनाउँछ सुन्दर धूनहरूमा
उसलाई उसकै सानो घरको लय
काफी छ
उसलाई उसकै पङ्खहरूको आकार विशाल छ
यसैले त
ऊ कसैको सिमानामा गाउँदैन
कुरूप लाग्ने भाकाहरू
कहिल्यै भत्काउन आउँदैन उसलाई
आफ्नै चराहरूको आँगन
हो यसैले उसका गीतहरू
सुन्दर लाग्छन् जूनहरूलाई

हो यसैले उसका चिरबिरहरू प्रिय लाग्छन् कानहरूलाई
त्यसैले छेकेर हुचीलका राता आँखाहरू
आऊ उन्मुक्त चरा उडौं आकाशमा
जहाँ कसैले छुन नसकोस् हाम्रो उन्मुक्तिको सिमाना ।

 

प्रतिक्रिया
Loading...