रोशन दियाली (मणिपुर)

युद्ध जिन्दगीको भर्खरै सुरुवात छ
कतै जित त कतै हारको बतास छ
अलिकति मिठो चाख्दैमा सफर
कहाँ टुङ्गिन्छ र अझै कति
बाँकी तितो, पिरो र अमिलो स्वाद छ ।

मेरा सफलता माज तुफान न आए
मैले हिँडेका बाटामा काँडा नभए
म कुन स्तरको हुने हुँ योद्धा …
त्यसैले कामना छ हे सफलता
तिमी माउन्ट एभरेस्ट भएर चुनौती गर ।
नभए परैबाट जाऊ मलाई तिम्रो मुख नदेखाऊ
मलाई जित दानमा चाहिँदैन ….
यदि असल प्रतिद्वन्द्वी हौ भने ..
ती सङ्घर्षका प्रत्येक पाटो मलाई देखाऊ ।

मलाई कुटपिट युद्धमा बेहाल गराऊ..
जसले मलाई महसुस गराओस् ..
मैले अझै युद्ध नीति सिक्नु छ
शिथिलता मा हाँस्न जान्नु छ
अनि फेरि बन्दुक उठाउनु छ
पुन तिमीलाई गर्जँदै ललकारनु छ
समर भूमिदेखि तिमीलाई लत्याएर
तिम्रा पाखुरा समाई लानु छ
अनि मात्र म तिमीलाई स्वाद लिएर चाख्नेछु …
उन्माद भई जितको नशामा ….
समर भूमिमा जितको  कथा लेख्ने छु ।
जितको कथा लेख्ने छु ।

रोशन दियाली
मणिपुर