विवेक श्रेष्ठ
आँखा तान्दै छ ऊ यही आशमा
फर्की हेर्दैछ फेरि त्यही सन्त्रासमा
पागल रहेछ है यो धेरैले भने पनि
हेर्छ ऊ यताउता खोजतलासमा
न त शरीर नै छ उसको ढाकेको
खोज्दै छ बाँस न्यानो कपासमा
चीत्कार गर्दागर्दै निदाउँछ ऊ फेरि
खोज्दैछ अतीत आफ्नै संसारमा
न परिवार न साथीभाइ नै छन् उसको
नजिकको भन्ने आफ्नो नजरमा
आँउछ्न् हेर्छन् अनि फेरि जान्छन्
त्यो बटुवालाई मत्लबी यो शहरमा ।।।
°°°



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
२०८१ फाल्गुन १८ १०:०७
१४ असार २०८३, आईतवार 








