विवेक श्रेष्ठ

आँखा तान्दै छ ऊ यही आशमा

फर्की हेर्दैछ फेरि त्यही सन्त्रासमा

पागल रहेछ है यो धेरैले भने पनि

हेर्छ ऊ यताउता खोजतलासमा

न त शरीर नै छ उसको ढाकेको

खोज्दै छ बाँस न्यानो कपासमा

चीत्कार गर्दागर्दै निदाउँछ ऊ फेरि

खोज्दैछ अतीत आफ्नै संसारमा

न परिवार न साथीभाइ नै छन् उसको

नजिकको भन्ने आफ्नो नजरमा

आँउछ्न् हेर्छन् अनि फेरि जान्छन्

त्यो बटुवालाई मत्लबी यो शहरमा ।।।

°°°