विवेक श्रेष्ठ

खै कुन कुमारी भनौ उनलाई
टुक्रा टुक्रा भै फुटेकी कुमारी
आत्मा विश्वास टुटेकी कुमारी
कसैले कुमारीत्त्व लुटेकी कुमारी
कसैले मायाको नाममा योनाङ्ग
जोडेर गएपछी गर्भवत्ती बनाई
छोडेर गएपछी नियतिले बेस्सरी
चुटेकी कुमारी
परिवारको तिरस्कार पछी
समाजको बहिस्कार पछी
आँसु को लागि साटेर हाँसो
नलुके पछी पापको नासो
छोरोलाई बोकि सहर पसेकी
कुनै कुनामा एक्लै बसेकी
भाग्यले ठगेकी अनि
आँसु नै निरन्तर बगाकी
उ अभागी कुमारी
छोराको हजारौं सपना किन्नको लागि
दिन रात नभनी आफ्नो शरीर बेच्दै छे उ
मुखमा दुई गाँस हाल्नको लागि
घरको चुलो बाल्नको लागि
पत्र पत्र शरीर बाट कपडा खोल्दै छे उ
हेर्दा हराभरा छे उ तर
भित्र भित्रै भरेकी छे उ
सास त फेर्द छे उ तर
भित्र भित्रै मरेकी छे उ
सास भएको लास माथी
कमि छैन सुत्नेको
सिनो जस्तो शरीर उनको
कमि छैन लुट्नेको
कमि छ त केवल उनलाई बुझनेको
उनको आँसु पुछ्नेको
टुटेकै भए पनि शरीर
फुटेकै भए पनि कर्म
हजारौंलाई योन सुख दिन्छिन
यहि हो उनको धर्म संगै सुत्ने
बेश्से हुन हुन्छिन उनी वेश्या
सम्झिन छिन आफ्नै भाग्य
अनि धेरै रुन्छिन
त्यसैले त भयो उनलाई आफ्नो
जिन्दगी भारी छोरोको छुटै कोर्ने
चिनारी सान्तानको लागि सपना जोड्ने
आफ्नो सबै बिपना तोड्ने
उ हो एउटा वेश्या कुमारी ।

बेलबारी (मोरङ)