रमेश भट्टराई ‘सहृदयी’

भकारीभरि खुशी भर्न
आमाको आशीर्वाद ढाका टोपीमा सिउरिँदै
दूधेबालिका र प्रियाको धड्कन सम्झेर
परदेशी जङ्गलभित्र
कस्तूरी पिरोलिन्छ अझै कति,
तिरस्कृतबाध्यतामा!

त्यसैले,
पखेरी र फाँटमाजवानीसाटेर
सम्भाव्यता खोतलिरहन्छ पाहुना डाकेर
सगरमाथा सौन्दर्यमा
सङ्घर्षको एउटा स्वर्णिम लेखोट भाकेर
तमोर सजाउँदैगाउँको टुकी फेर्नु छ,
आइन्स्टाइन–माक्र्स–बुद्धत्वको एकत्वमा
जनक–व्यास–फाल्गुनन्दको घनत्वमा
नेपालीपनफुलेपछि नेपालीत्वमा
देउडासँगधाननाच रम्छ,
कर्मले बाटेको प्रारब्धमा
‘म’समदर्शन भेट्छु !

लिम्पिया, लिपुलेक, कालापानीको अद्यावधिकचित्रमा
पर्खालले घेरिएका सीमाभित्रमा
स्वाभिमानचिमोटिँदैन अब
भूकम्प, डुबान,महामारीमापनि
गैरी खेतको फापर–सिस्नोसँग
भेडाको घिउ र चिउरी अझ
तीतेपाती–गुर्जो अनिसर्वौषधिले
आफ्नै गोडामाउभिनु छ मैले
आमाको अधरमाखुशीछर्न ।

निर्मला, विपना, नवराजको घाइते इतिहास दुख्छ
तर,
डाँडाघरे र गहिराघरेहरू–
भारोपर्ममा रमेर
पैसामाजोख्दैनन् प्रेम
बिहानै ताप्लेजुङदेखिझरेर
झापाबाट रेल चढेर
बैतडीसम्ममामाघरकीहजुरामालाई भेट्न जाँदा
चाउरिएको गालाहँसिलो देख्छु,
विज्ञानकोनवीनतासँगै
मेरोमानचित्रमा
कतै पनि
सौम्यमानवतादुख्दैनअब।