
बलराम राई
महोदयले
छोड् भन्नुभो छोडेँ, हट् भन्नुभो हटेँ
पुरानो घरको छानो बिर्सी भन्नुभो
त्यो नि मुटु मिचेर बिर्सिएँ,
तर घरमा डोजर बौलाएको चैँ पटक्कै भुल्न सकिनँ ।
महामारीमा पनि दिनरात झम्टिएपछि
मैले घर, जग्गा र बस्ती खाली गरेको हुँ
आइन्दा झम्टनु पर्दैन कुचाको कसिङ्गर हावाले उडेको छु ।
तर अचम्म चैँ जब मैले गाउँ छाडेँ
तब
महोदयले त्यो बस्तीलाई सुकुम्बासी भनिसिएछ ।
हतुवागढी, भोजपुर
हाल- कतार



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 








