surendra

धन्न आमा!
बर्षमा एक दिन भएपनी
तिम्रो मुख हेर्ने दिन रहेछ।
सामाजिक सन्जालमा
आज तिम्रै तस्बिरको
प्रतिस्पर्धा चलिरहेछ।
सुकिला मुकिला लुगा
तिमिले जिवनमा नदेखेका मिठाई
फलफुल आदि इत्यादि
किस्ती भरी भरी
टन्न आएको छ।
आमा!
त्यो एकदिनको मिठाई
बिस्तारै बर्ष दिनभरी पुर्याउनु
एक जोर लुगाले
बर्ष दिनभरी लगाउनु
ती मिठा मिठा पलहरु
बर्ष दिनभरी पुर्याउनु
किनकी आमा!
धन्न बर्ष एकदिन भएपनी
तिम्रो मुख हेर्ने दिन रहेछ।
बर्षदिनभरी
तिम्रा आखाले पर्खेका ती पलहरु
कयौं रोएर बिताएका रातहरु
बग्न नसकेर जमेका ती
आखाका बहहरु
त्यही दिन मज्जाले बगाउनु
मन हलुका बनाउनु
किनकी आमा
फेरि त्यसै गरि
तिमिले एक बर्ष कुर्नुनै छ
फेरि पनि
बर्ष दिन भरी मन रुनेनै छ।
त्यसैले
आमा!
धन्न बर्ष दिनमा एक दिन भएपनी
तिम्रो मुख हेर्ने दिन रहेछ।
जिवनका उकाली ओरालिहरु
जिवनका समस्याहरु
संघर्षले चाउरी परेका
ती तिम्रा मुहारहरु
लामो पर्खाईमा डुबेको
ती तिम्रा आखाहरु
आफ्ना सन्ततिका लागि
ढड्किएका मनको ढुकढुकीहरु
समालेर राख आमा
धन्न बर्षमा एकदिन भएपनी
तिम्रो मुख हेर्ने दिन रहेछ।
हिजो तिम्रो ती हातले
कोखाई कोखाई गरि
खान दिएको निस्तो भात
कति स्वादिलो लाग्थ्यो
आज किन खानलाई दिग्मिगाउछ
सानोमा अङ्गालो हालेर
सुतेको त्यो तिम्रो काख
आज किन
सुत्न दिग्मिगाउछ
धन्न आमा!
बर्षमा एक दिन भएपनी
तिम्रो मुख हेर्ने दिन रहेछ।
मेरा लागि संघर्ष गर्दा
फुतेका ती तिम्रा कुर्कुचा
अझै पनि त्यस्तै छ
माटोमा गाडिएर
पाकेका औंलाहरु
अझै पनि त्यस्तै छ
फुस्रा ती मुहार
फुकेका कपाल
मैलिएका कपडा
अझै पनि त्यस्तै छ।
माफ गर आमा
त्यो एकदिनमा
तिम्रो मनको घाउको
मलम म बन्न सकिन
किनकी आमा
तिम्रो मुख हेर्ने दिन त
बर्षमा जम्मा एक दिन मात्र रहेछ।
तिम्रो मुख हेर्ने दिन त
बर्षमा जम्मा एक दिन मात्र रहेछ।