बाहिर महामारी छ
भित्र भाेकमरी छ
जाउँ त कहाँ जाउँ म
सबैकाे कल्याण गर्ने
पशुपतिनाथ पनि माैन छ ।
विचलित छ मन
संकटमा छ जीवन
कहाँ छ सहारा ?
कहाँ छ मधुवन ?
बगेकाे छ आँशु
खाेसिएकाे छ हाँसाे
सबैकाे हालत छ उही
राेकिएकाे छ धड्कन
तर पनि किन
पशुपतिनाथ छ माैन ???
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला