दिलिप अधिकारी

यहाँ बोलम त के बोलम
लुटिएको बादल छ, हावा छ, पहाड, तराई, हिमाल
यहाँ सास नै लुटी सके
बोलम त के बोलम
जिम्मा यो मैले झोलेलाई दिए ।

म चै भोले, जानिन गर्नलाई झोल
अक्षरको पछि दौडे, थिएन समय बन्नलाई झोले
दिएनन् कसैले बोक्नलाई झोला
आफ्नै बाटो हिँडिराखँे, जनगणनामा भोले, त्यसैले कम नै परे ।

झोले र भोलेमा फरक कै छैन
झोले बोल्छ, भोले सहन्छ
झोले अमिर छ भोले गरिब
झोले को लस्कर लामो छ
भोले जिउछ, मर्छ, ए होर मा सीमित छ ।

झोले पहुँच राख्छ ठूलो, लामो शक्ति सर्बदा
कानून उसको अधिन, भ्रष्टचार पुर्खौली नियोग
बिचरा भोले, ए के गरेको त भन्छ
गणना मै रहन्न, अन्तिम उसको सोर “ए के गरेको यो मै रहन्छ”

यहाँ सत्य को मृत्यु निश्चित छ
मरण कर्म हो एक फल
जीवन लक्ष्य असल होस्, यो न रहोस भ्रष्ट
भोले सोच्छ, मरेर लानु के नै छ र
असल कर्म को फल भोग हुन्छ सो गुण ।

झोलेले जिती खाएको मृत्यु
सक्दैनन् ओखेडन् , शास्त्र कै हार कलियुग हो यो मित्र
झोलेले किन्न लागे रे स्वर्ग
वायु माद्यम स्वोर्ण मुद्रा प्रेषयति स्वर्गद्वार
विचरा म भोले, नर्गद्वार उद्घाटित
इश्वरबाट झोल भयो, नेता पाएन बोक्नलाई झोला ।

झोलेको जीवन विपर्यस्त हेर
दुई चोक्टा मासुमा एक बाल्टी झोलमा डुब
पौडिनु निश्चित, मसला पानि पेय विश्व व्यापिन
र पनि किन भुज्दैनन यी मनुष्य ।

मरी लानु के छ र
बाचौँ हासी, खुसी
दुई दिने जिन्दगी यही नै त हो साथी
छोडी आऊ झोला, लस्कर र भ्रष्ट नीति
सम्जिदैनन मिर्तु पछि, ओ हो थियो यो कति धनी ?

अनेकौ लोभ, मन्त्री पद, र धन प्राप्त सोच
त्यागी हिँडे भन्दै
“ साग र सिस्नु खाएको बेस”
हाम्रो महाकवि
थिए प्राप्तबुद्धिका ज्ञाता
प्रणाम कोटी कोटी भविष्यकथनका सधन ।