वरिपरी तामझाम, अघिपछि नाचगान,
विवाह खर्चको कुरा अहिलेलाई थाती।
बरमाला पहिरन पाउनुको आनन्द अर्कै,
बेहुला भई जन्ती लिएर जानुको मजा अर्कै।
सालीहरूले लुकाइदिएको जुत्ताको खोजीमा,
सालीहरूको माग पूरा गर्न नसक्नु अर्कै कुरा।
बेहुली सँग जग्गेमा घुम्दै, पासा खेल्दै,
दहीको माहुर दल्नु, दलाउनुको मजा अर्कै।
बेहुलीको लगनगाँठो, जग्गेको परिक्रमा,
श्लोक र खँडो भन्नेहरूको हाँसो-मजाक।
सिउँदोमा सिन्दूर भर्न पाउनुको आभास अर्कै,
बेहुला भई जन्ती लिएर जानुको मजा अर्कै।
आफन्त दुलही विदाईको पीडामा बेपर्वाह,
घरमा बेहुली भित्र्याउने पर्खाइको मजा अर्कै।
जन्ती बनेर बिहेमा बरियात जानु अर्कै कुरा,
बेहुला भई जन्ती लिएर जानुको मजा अर्कै।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 










