मेघको गर्जन र हावाहुरीले असिना झारेको छ।
एक्कासि मुखियाको सिंहासनमा चट्याङ पारेको छ।।

बेथिति, सत्ताकब्जा र कुशासनले सीमा नाघेपछि।
जनजनमा सत्ताप्रति निराशा र आक्रोश जागेपछि।।

मेघको गर्जन र हावाहुरीले असिना झारेको छ।
एक्कासि मुखियाको सिंहासनमा चट्याङ पारेको छ।।

पैसा नक्कली, आन्दोलन, अनि नक्कली भो मृत्यु पनि।
सत्तालिप्त, अहंकारी, धुन्धुकारीको सेखी झारेको छ।।

मेघको गर्जन र हावाहुरीले असिना झारेको छ।
एक्कासि मुखियाको सिंहासनमा चट्याङ पारेको छ।।

खबरदार! कुनै सम्झौता होला बलिदानविरुद्धमा।
चल्दैन देश अब त्यसरी जनचाहना विरुद्धमा।।